Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग - १७

३८१) नेपालको कृषि पर्यटकीय शहर भनेर कुन शहरलाई चिनिन्छ?
उत्तर: राइनास
३८२) शहरी दिगो बिकासको लागि राष्ट्रिय शहरी नीतिको नारा के रहेको छ?
उत्तर: एक शहर - एक पहिचान
३८३) नेपालको राष्ट्रिय सहरी नीति अनुसार नगरपालिका बन्न जनघनत्व कति हुनु पर्छ?
उत्तर: १० व्यक्ति प्रति हेक्टर
३८४) स्थानीय स्वायत्त सासन ऐन २०५५ अनुसार, महानगरपालिका हुन वार्षिक आम्दानी कति हुनुपर्छ?
उत्तर: कम्तिमा ४० करोड
३८५) "पन्चेस्वर जलविद्युत आयोजना" कुन देश संगको सहकार्यमा निर्माण हुन लागेको हो?
उत्तर: भारत
३८६) “विचार भन्दा ठोस बस्तु ब्रह्माण्डमा अरु केहि छैन" यो भनाइ कसको हो?
उत्तर: इमर्सन
३८७) "शक्ति नै ज्ञान हो, ज्ञान नै शक्ति हो" यो भनाइ कसको हो?
उत्तर: संकराचार्य
३८८) नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी कुन हो?
उत्तर: चौधरी ग्रुप
३८९) नेपालको पहिलो Department store संचालक कर्मयोगी लुनकरणदास चौधरीको निधन कहिले भयो?
उत्तर: वि.स. २०७२ माघ २१ गते (लुनकरणदास चौधरी विनोद चौधरीका बाबु हुन्)
३९०) हाल म्यान्मारमा लागु कानुन अनुसार कुन कारणले आङ सान सुची रास्ट्रपति बन्न नसक्ने अवस्था छ?
उत्तर: उनको विवाह विदेसी नागरिक संग भएको छ
३९१) "कालो सुन” भनेर कुन नगदेबाली लाइ चिनिन्छ?
उत्तर: अलैची (अलैची लाई कालो हिरा, खोल्सिको  कालो हिरा तथा खोल्सिको कालो सुन समेत भनिन्छ)
३९२) १२ औ साग फुटबलको फाइनल खेलमा स्वर्णपदक दिलाउने २ गोल गर्ने खेलाडी को को हुन्?
उत्तर: प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठ (66' Prakash 16 substituted player & 70' Nawayug)
३९३) नेपाल कति बर्ष पछी २०१६ मा साग फुटबलको पुरुष फाइनलमा पुगेको हो?
उत्तर: १७ बर्ष ( २३ बर्ष पछी स्वर्ण पदक जितेको)
३९४) १२ औ सागको पुरुष फुटबलमा सर्वाधिक गोलकर्ता खेलाडी को हुन्?
उत्तर: नवयुग श्रेष्ठ ( साफ गेममा २ ह्याट्रिक सहित ७ गोल गरेका नवयुगले हाल सम्म अन्तराष्ट्रिय प्रतियोगितामा ३ ह्याट्रिक सहित जम्मा ११ गोल गरेका छन् भने २ अन्तराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका छन्)
३९५) खेलाडी, कप्तान र प्रशिक्षकको रुपमा साग पुरुष फुटबलमा स्वर्ण जित्न सफल व्यक्ति को हुन्?
उत्तर: राजुकाजी श्रेष्ठ
३९६) WHO अनुसार स्वास्थ्य शहरी विकासका लागि जन घनत्व कति हुनु आवस्यक छ?
उत्तर: १/९ व्यक्ति प्रति बर्गमिटर  
३९७) 12 औ सागमा सबैभन्दा संख्यात्मक रुपमा कम पदक जित्ने राष्ट्र कुन हो?
उत्तर: माल्दिभ्स (जम्मा ३ पदक)
अंक तालिकामा अन्तिम राष्ट्र: भुटान ( जम्मा १६ पदक)
३९८) 12 औ सागमा सबैभन्दा बढ़ी पदक जित्न सफल राष्ट्र कुन हो?
उत्तर: भारत (जम्मा ३०८ पदक)
३९९) 12 औ सागमा सबैभन्दा कम खेलाडी कुन राष्ट्र बाट सहभागी थिए?
उत्तर: भुटान (८७ जना)
४००) 12 औ सागमा सबैभन्दा बढ़ी खेलाडी कुन देशबाट सहभागी भएका थिए?
उत्तर: भारत (५१९ जना) 

No comments:

Post a Comment