Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग - १८

४०१) 12 औ सागमा नेपालले कति वटा खेलमा सहभागिता जनाएको थियो?
उत्तर: २३ खेलमा
४०२) 12 औ सागमा नेपालको तर्फबाट जम्मा कति खेलाडिले सहभागिता जनाएका थिए?
उत्तर: ३८६ जना
४०३) 12 औ सागमा ब्यक्तिगत प्रतिष्प्रधामा स्वर्ण पदक जित्न सफल नेपाली खेलाडी को को हुन?
उत्तर: उसुतर्फ: निमा घर्ति मगर  र जुडोतर्फ: फुपूल्हामु खत्री
४०४) 12 औ सागमा नेपालले स्वर्ण पदक जितेका खेलहरु कुन कुन हुन्?
उत्तर: फुटबल, उसु र जुडो
४०५) 12 औ सागमा नेपालको लागि पहिलो स्वर्ण कुन खेल बाट प्राप्त भयो?
उत्तर: उसु (पहिलो पदक:भारत्तोलनमा देबी चौधरीले कास्य पदक)
४०६) ऐतिहासिक रुपमा तेक्वान्दो तर्फ नेपाल स्वर्णपदक विहीन रहेको साग खेल कुन हो?
उत्तर: १२ औ साग
४०७) ऐतिहासिक रुपमा पौड़ी तर्फ सागमा पहिलो पटक पदक जित्न सफल गौरीका सिंह ले 12 औ सागमा जम्मा कति पदक हात परिन्?
उत्तर: ४ पदक ( १ रजत पदक र ३ कास्य पदक)
४०८) भारतको आन्तरिक विवादले 12 औ सागमा समावेश नगरिएको खेल कुन हो?
उत्तर: बास्केटबल
४०९) नेपालबाट पदकको आशा गरिएको तर आयोजकले 12 औ सागमा समावेश नगरेको खेल कुन हो?
उत्तर: करांते
४१०) 13 औ साग कुन देशले आयोजना गर्ने भएको छ?
उत्तर: नेपाल
४११) हाल सम्म नेपालले कतिवटा साग आयोजना गरेको छ?
उत्तर: २ वटा (सन् १९८४ र सन् १९९९)
४१२) 12 औ साग कुन देशमा आयोजना गरिएको थियो?
उत्तर: भारत (गुवाहाटी-सिलोंग)
४१३) “एसिया ट्राइ” के संग सम्बन्धित छ?
उत्तर: अपांग मैत्री भौतिक संरचना निर्माणको लागि दबाब दिने कार्यक्रम
(सन् १८७८ मा जापानका सुंजी खादोता ले सुरु गरेका, वि.स. २०७२ फागुन २५-३० सम्म नेपालमा आयोजना हुदैछ)
४१४) वि.स. २०६८ को जनगणना अनुसार नेपालमा अपांग व्यक्तिहरु कति % छन्?
उत्तर: १.९४%
४१५) वि.स. २०७२ बैशाखमा गएको विनासकारी भूकम्पले देशभरिमा कति ऐतिहाशिक सम्पदा क्षति भएका छन?
उत्तर: ७५३ वटा
४१६) ऐतिहासिक सम्पदा निर्माणको लागि सहयोग गर्ने पहिलो सर्वसाधारण व्यक्ति को हुन्?
उत्तर: राम गोपाल यादब
४१७) धरहरा कसको सम्झना स्वरूप निर्माण गरिएको थियो?
उत्तर: ललित त्रिपुरा सुन्दरी
४१८) वि.स. १९९० मा भूकम्पले भत्किएको धरहरा जुद्ध शमशेरले कति बर्षमा पुन:निर्माण गरिसकेका थिए?
उत्तर: २ बर्ष
४१९) धरहरा कुन शैलीमा निर्माण गरिएको थियो?
उत्तर: मुगल शैली
४२०) “बुलिस” के संग सम्बन्धित छ?
उत्तर: शेयर बजार

No comments:

Post a Comment