५०१) सरकारले प्रदेश सिमांकनको विवादित बिषयलाई
टुंगो लगाउन कसको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेको छ?
उत्तर: उपप्रधानमन्त्रि कमल थापा
५०२) प्रभु र ग्रान्ड बैंक मर्ज भई प्रभु
बैंकको रुपमा एककृत कारोबार कहिले सुरु भएको हो?
उत्तर: वि.स. २०७२ माघ २९ गते
५०३) प्रहरी नियमावली २०७१ को तेश्रो संसोधन
कहिले भएको हो?
उत्तर: वि.स. २०७२ माघ ११ गते
५०४) इन्डोनेसियाको मुद्रालाई रुपिया भनिन्छ
भने मलेसियाको मुद्रालाई के भनिन्छ?
उत्तर: रिंगिट
५०५) साउदी अरेबियाका तत्कालिन राजा अब्दुल्लाहले
महिलाहरुलाई मताधिकार दिने निर्णय कहिले गरेका थिए?
उत्तर: सन् २०११
५०६) १५ औ विश्व एथलेटिक्स च्याम्पियनशिप कहिले
र कहाँ सम्पन्न भयो?
उत्तर: सन् २०१५ अगस्त २२ देखि ३०, चीन
५०७) अन्तराष्ट्रिय श्रम संगठनले नोबेल शान्ति
पुरस्कार कहिले प्राप्त गरेको थियो?
उत्तर: सन् १९६९
५०८) कुनकुन जनगणनामा नेपालको जनसंख्या बृद्दीडर ऋणात्मक थियो?
उत्तर: दोश्रो र तेश्रो
५०९)वि.स. २०६८ सालको जनगणना अनुसार नेपालको जनघनत्व कति रहेको छ?
उत्तर: १८० जना प्रति बर्ग किमी
५१०) पर्यावरणविद्को अनुसार स्वच्छ वातावरण
हुन् कति क्षेत्रफल वनले ढाकिएको हुनु पर्छ?
उत्तर: ४३ %
५११) नेपालको संविधानको कुन धारमा स्वच्छ
वातावरणको हकको व्यवस्था गरिएको छ?
उत्तर: धारा ३०
५१२) साइटिस को स्थापनाको मुख्य उदेस्य के हो?
उत्तर: दुर्लभ जीवजन्तु तथा पशुपंक्षी संरक्षण
एवं सम्वर्धन
५१३) प्राचिन ओलम्पिक खेलको सुरुवात ग्रिसको
ओलम्पियाबाट भएको हो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाबाट भएको हो?
उत्तर: एथेन्स (ग्रीस)
५१४) नेपालको आर्थिक क्षेत्रको सुधारको रुपमा
भुमिसम्बन्धि ऐन को तर्जुमा कहिले गरियो?
उत्तर: वि.स. २०२१
५१५) हाल नेपालमा गरिबीको रेखा मुनि रहेको
जनसंख्या घट्दै जानुको मुख्य कारण के हो?
उत्तर: विप्रेषण आय
५१६) वैकल्पिक नोबेल पुरस्कार भनेर कुन पुरस्कार लाई चिनिन्छ?
उत्तर: “राइट लाइभ्लीहूड अवार्ड”
५१७) नेपाललाई बिशेष ब्यापार ग्राह्यता को स्वीकृति दिने कानुनमा ओवामाले
कहिले हस्ताक्षर गरे?
उत्तर: वि.स. २०७२ फागुन १२ गते (२०१६ फेब्रुअरी
२४)
५१८) नेपालबाट अमेरिका निर्यात हुने कति बस्तुमा भन्सार छुट पाइने गरेको छ?
उत्तर: ६६ प्रकार
५१९) “मनको मैलो तनमा धोएर लगाएको लुगाको पछाडी लुक्ने गर्छ” यो भनाइ कसको हो?
उत्तर: इमर्सन
५२०) सेवाग्राहीको सुविधाको लागि मोबाइल एप्स संचालनमा ल्याउने पहिलो जिल्ला
कुन हो?
उत्तर:
म्याग्दी
No comments:
Post a Comment