Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग - २१

४६१) टेस्ट क्रिकेट इतिहाशमा सर्वाधिक तेज शतकीय साझेदारीको कीर्तिमान कायम गर्ने खेलाडी को को हुन?
उत्तर: ब्रेण्डन म्याककुलम र कोरी एन्डरसन (५७ बलमै शतकीय साझेदारी)
४६२) टेस्ट क्रिकेट खेलमा सर्वाधिक तेज शतक बनाउने कीर्तिमान कसको नाममा रहेको छ?
उत्तर: ब्रेण्डन म्याककुलम (५४ बलमा शतक)
४६३) मणिमुकुन्द उद्यान कुन जिल्लामा रहेको छ?
उत्तर: रुपन्देही (वि.स. २०५४ सालमा विधिवत दर्ता गरिएको)
४६४) पहिलो अंतराष्ट्रीय मातृभाषा दिवस कहिले मनाइएको थियो?
उत्तर: सन् २०००
४६५) अंतराष्ट्रीय मातृभाषा दिवस कहिले पर्छ?
उत्तर: फेब्रुअरी २१
४६६) “the ring of fire pacific” भनेको के हो?
उत्तर: ज्वालामुखी र भूकम्प बारम्बार गईरहने प्यासिफिक समुन्द्रको ठाउ
४६७) सबैभन्दा ठुलो चिसो मरुभूमि कुन हो?
उत्तर: अन्टार्कटिका
४६८) दिवंगत प्रधानमन्त्री शुसिल कोइरालाको जन्म कहिले भएको थियो?
उत्तर: वि.स. १९९६ साउन २८ (चीना हराएका प्रम नागरिकतामा दाजु भन्दा जेठा थिए | यो जन्ममिति उनको नागरिकतालाई आधार मानेर लिइएको हो)
४६९) चीनले विश्वमा प्रयोग हुने कुल धातु जन्य वस्तू मध्ये कति % प्रयोग गर्छ?
उत्तर: ४५%
४७०) सन 2015 मा विश्वमा कति % मानिस गरिब छन्?
उत्तर: ९.६ % (2015/16 report published by  IMF and world bank jointly)
४७१) मधुमेह रोगिले इन्सुलिन सुइको प्रयोग किन गरिन्छ?
उत्तर: रगतमा ग्लुकोजको मात्रा घटाउन
४७२) "हाइपोग्लासेमिया” भनेको के हो?
उत्तर: रगतमा ग्लुकोजको मात्र कम हुने अवस्था
४७३) "अंतराष्ट्रीय प्रेश स्वतंत्रता दिवस कहिले पर्छ?
उत्तर: मे ३
४७४) "राष्ट्रिय पत्रकारिता दिवस” कहिले पर्छ?
उत्तर: बैसाख २४ (२०७३ देखि मनाइने गोरखापत्र प्रकाशनको दिन पारेर तय गरिएको)
४७५) नेपालको पहिलो पत्रिका कुन हो?
उत्तर: सुधासागर
४७६) विश्वको पहिलो भाषिक सहिद कुन देशका मातृभाषि हुन?
उत्तर: बंगलादेश (तत्कालिन पाकिस्तान)
पाकिस्तानले  देशभरी एक भाषा लागु गर्न उर्दु भाषा प्रयोग अनिवार्य गरेपछि भएको आन्दोलनमा सन् १९५२ फेब्रुअरी २१ मा ४ जना सहिद भएका थिए |
४७७) फेब्रुअरी 21 मा अंतराष्ट्रीय मातृभाषा दिवस मनाउने घोषणा कहिले भयो?
उत्तर: सन् १९९९ फेब्रुअरी २१
सन् २००० फेब्रुअरी २१ देखि मनाउन थालिएको | बंगलादेशमा सहिद भएका व्यक्तिको सम्झनामा २१ फेब्रुअरी तोकिएको
४७८) साउदी अरेबिया मा रहेको एकमात्र पब्लिक सिनेमा हल कुन हो?
उत्तर: IMAX theater in kohbar of saudi arebia
================================
गोरखापत्र:
पहिलो प्रकाशन : वि.स. १९५८ बैसाख २४ गते (पाशुपात छापखाना बाट साप्ताहिक रुपमा)
प्रथम मुद्रक, व्यवस्थापक तथा सम्पादक : पण्डित नरदेव पाण्डे
सम्पादकको नाम प्रकाशन सुरु: वि.स. १९९१ देखि
गोरखापत्रमा नाम प्रकाशित प्रथम सम्पादक: प्रेमराज
हप्तामा २ पटक प्रकाशन: वि.स. २००० असोज २९ गते देखि
हप्तामा ३ पटक प्रकाशन : वि.स. २००३ पुष ८ देखि
दैनिक प्रकाशन: वि.स. २०१७ फागुन ७ देखि
शनिबार विशेष परिशिस्टंक प्रकाशन: १०१९ असर ९ देखि
गोरखापत्र सस्थानमा परिणत : वि.स. २०२० असार २५
अंग्रेजी दैनिक “द राइजिंग नेपालको प्रकाशन सुरु”:वि.स. २०२२ पुष १ गते
मधुपर्क मासिक प्रकाशन सुरु: २०२५ जेठ
युवामंच मासिक सुरु: २०४५ असार
बालपत्रिका मुना प्रकाशन: २०४७ साल देखि
=============================
४७९) Father of Medical Microbiology भनेर कसलाई चिनिन्छ?
उत्तर: रबर्ट कोच
४८०) Father of Modern Microbiology भनेर कसलाई चिनिन्छ?
उत्तर: लुइ पास्चर

No comments:

Post a Comment