Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग - २०

४४१) नेपालले भारतका कति जिल्लालाई छोएको छ?
उत्तर: २० जिल्ला
भारतका जिल्ला को विभाजन देखाइएको नक्सा मिल्छ भने जूम गरेर हेर्नुहोला :
नेपालको भारत र चीन संगका सिमानाको बारेमा लेखिएको लेख जसले माथिको चित्र बुझ्न अझै सजिलो पार्छ:
http://www.karma99.com/2015/10/list-of-indian-and-chinese-districts.html
४४२) विश्व रामसार सुचिमा सुचिकृत नेपालका जलसम्पदा मध्ये सबैभन्दा बढी कुन जिल्लाबाट छन्?
उत्तर: कास्की
=============
बुत्रोस बुत्रोस घाली:
जन्म: सन् १९२२ नोभेम्बर १४
मृत्यु: सन् २०१६ फेब्रुअरी १६
-    इजिप्टका राजनीतिज्ञ तथा कुटनीतिज्ञ
-    सन् १९४९ मा पेरिस विश्वविद्यालयबाट अन्तराष्ट्रिय कानुन विषयमा विद्यावारिधि
-    सन् १९८७ मा इजिप्ट सांसद बन्न सफल
-    सन् १९२२-१९९६ सम्म संयुक्त राष्ट्रसंघको महासचिव (छैटौ)
-    अरब मुलुकबाट संयुक्त राष्ट्र संघको महासचिव बन्न सफल पहिलो नेता
-    शीतयुद्ध कालमा संयुक्त राष्ट्र संघलाई गति दिन र थप कार्यक्षमता प्रदान गर्न सफल महासचिव
-    संयुक्त राष्ट्र संघको संरचनागत र व्यवस्थापकीय सुधारका लागि कार्य गर्न सफल
-    “राष्ट्रसंघमा विकासका लागि एजेन्डा” भन्ने विशेस कार्ययोजनाका लागि चर्चित
-    इजिप्टको राष्ट्रिय मानव अधिकार परिषद्को अध्यक्ष रही सन् २०११ मा होसनी मुबारको शासनको अन्त्य पछी सो परिषदबाट राजिनामा
================
४४३) हाल नेपालमा 2 वटा कारागार भएका जिल्ला कति छन?
उत्तर: २ वटा (काठमाडौँ र दाङ)
नेपालमा ७२ जिल्लामा ७४ कारागार छन्
कारागार बिहिन जिल्ला धनुषा, बारा र भक्तपुर हुन्
बाकेमा खुल्ला कारागार निर्माणधिन छ
४४४) "प्रेममा जस्तो सुकै हिंश्रक स्वभाव भएकालाई पनि सुधार्ने तागत हुन्छ” यो भनाइ कसको हो?
उत्तर: जिन ज्याक रुसो
४४५) "प्रेम त्यस्तो साधन हो जसले शत्रुलाई मित्र बनाउछ” यो भनाइ कसको हो?
उत्तर: महात्मा गान्धी
४४६) २०७२ फागुन ७ गते मानिएको प्रजातन्त्र दिवस कति औ प्रजातन्त्र दिवस हो?
उत्तर: ६६ औ
४४७) भारत बाट राजकीय सम्मानका साथ हाल सम्म नेपालका कति प्रधानमन्त्रीलाई स्वागत गरिएको छ?
उत्तर: २  जना (केपी ओली र कृष्ण प्रसाद भट्टराई)
४४८) संवैधानिक मस्यौदा आयोग गठन गरेर विधिवत रुपमा निर्माण गरिएको नेपालको पहिलो पूर्ण संविधान कुन हो?
उत्तर: नेपाल अधिराज्यको संविधान २०१५
४४९) नेपालमा सन् 2016 को कुन महिनालाइ “आयोडिन महिनाको” रुपमा मानिने घोषणा गरिएको छ?
उत्तर: फेब्रुअरी
४५०) प्रकाश र विद्युत तरंग समेत बाहिर निस्कन नसक्ने ब्ल्याक् होल बाट बाहिर निस्कन सक्ने तरंग कुन हो?
उत्तर: गुरुत्वाकर्षण तरंग
४५१) शिक्षा मन्त्रालयले बौद्धिक अपांगता भएका व्यक्तिलाई शिक्षा दिन देशभरिमा कतिवटा श्रोत केन्द्र स्थापना गरेको छ?
उत्तर: ११९ वटा
आइन्स्टाइनले गुरुत्वाकर्षण तरंग सम्बन्धि धारणा सन् १९१६ मा व्यक्त गरेका थिए |
आइन्स्टाइनले गुरुत्वाकर्षण तरंग सम्बन्धि धारणा व्यक्त गरेको ५८ बर्ष (सन् १९७४) पछी मात्रै गुरुत्वाकर्षण तरंगको खोजि सुरु गरिएको हो |
आइन्स्टाइनले गुरुत्वाकर्षण तरंग सम्बन्धि धारणा प्रमाणित हुन १०० बर्ष पर्खनु पर्यो | (सन् २०१६ फेब्रुअरी ११ मा प्रमाणित भएको)
आइन्स्टाइनले गुरुत्वाकर्षण तरंग सम्बन्धि धारणा प्रमाणित गर्न प्रयोग गरिएको यन्त्र लिगो(लेजर इन्टरफेरोमिटर ग्राभीटेसनल वेभ अब्जरभेटरि) हो |
लिगो “L” आकारको यन्त्र हो |
लिगो वाशिंगटनको हानफोर्ड र लुजियानको लिभिंगस्टोनमा राखिएको छ |
प्रमाणित पहिलो तरंग २ वटा ब्ल्याक होल एक आपसमा जुधेर आएको अनुमान गरिएको छ |
प्रकाश र चुम्बकीय तरंग समेत बाहिर निस्कन नसक्ने ब्ल्याक होल बाट निस्कन सक्ने तरंग गुरुत्वाकर्षण तरंग हो |
४५२) यूनेस्को को पहलमा अन्तराष्ट्रीय मातृभाषा बर्ष कहिले मनाइयो?
उत्तर: सन् २००८
४५३) नेपालमा 100 जना पनि वक्ता नभएका भाषा कतिवटा छन?
उत्तर: १३ वटा , (१००० भन्दा कमले बोल्ने ३७ वटा तथा ८ जनाले मात्र बोल्ने भाषा अरबी हो)
४५४)'कहिल्यै भविस्यको विचार गर्दिन किनकी भविस्य निक्कै छोटो हुन्छ" यो भनाई कसको हो?
उत्तर: अल्बर्ट आइन्स्टाइन
४५५) बाग्मती सफाई महा अभियान कसको अगुवाईमा सुरुवात भएको हो?
उत्तर: लिलामणि पौडेल
४५६) "गल्लीगल्ली नेपाल " सस्था के संग सम्बंधित छ?
उत्तर: निशुल्क सरकारी सेवा हरुको बारेमा जानकारी दिने सर्वसाधारण द्वारा स्थापित सस्था( वि.स. २०६९ मा स्थापित)
४५७) नेपालका प्रधानमंत्री के पि ओलिको पहिलो औपचारिक अन्तराष्ट्रीय भ्रमण कुन देशमा भएको हो?
उत्तर: भारत
४५८) प्रधानमंत्री केपी ओलिको पहिलो अंतराष्ट्रीय भ्रमण कहिले भयो?
उत्तर: २०७२ फागुन ७ देखि (६ दिने भ्रमण)
४५९) प्रधानमंत्री केपी ओली को पहिलो अंतराष्ट्रीय भ्रमणमा समझदारिका कति बुदामा हस्ताक्षर भएका थिए?
उत्तर: ७ बुंदे
४६०) भुटानमा लिखित संविधान कहिले जारी गरिएको हो?
उत्तर: १८ जुलाई २००८ 

No comments:

Post a Comment