Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग -१२

[२८१] नेपालको सबैभन्दा ठुलो नगरपालिका कुन हो?
उत्तर: परशुराम नगरपालिका
#परशुराम नगरपालिका: डडेल्धुरा जिल्लाको दोश्रो नगरपालिका क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठुलो नगरपालिका हो | कुल क्षेत्रफल ४१४.८७ वर्ग किमी रहेको यो नगरपालिका २०७१-८-१६ गते घोषित भएको हो |
#त्रियुगा नगरपालिका: उदयपुर जिल्लामा पर्ने यो नगपालिका २०५३ साल चैत १३ गते घोषित हो | एसियाको सबैभन्दा ठुलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग यहि नगरपालिकामा रहेको छ | कुल क्षेत्रफल ३१९ वर्गकिलोमिटर रहेको यो नगपालिका परशुराम नगरपालिका घोषणा हुनु अघिसम्म सबैभन्दा ठुलो मानिन्थ्यो |
[२८२] गर्भवती महिलालाई आफ्नु देश प्रवेश नदिने राष्ट्र कुन हो?
उत्तर: फ्रान्स
[२८३] भारत र पाकिस्तान कति दिनको फरकमा स्वतन्त्र घोषित भएका हुन्?
उत्तर: १ दिनको फरक (१९४७ अगष्ट १४ र १५)
[२८४] सबैभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन्?
उत्तर: ज्ञानेन्द्र शाह
[२८५] अरनिको चीन जादा कति जना कलाकारको नेतृत्व गरि चीन गएका थिए?
उत्तर: ८० जना
[२८६] भौगोलिक तुलनामा विश्वको ३ ठुला देश कुन कुन हुन्?
उत्तर: रुस(१७,०९८,२४२ वर्ग कि.मि.), क्यानाडा(९,९८४,६७० वर्ग कि.मि.) र चीन(करिव:९,५९६,९६० तर सिमा विवादका कारण केहि देशले यो क्षेत्रफललाई मानेको पाइदैन)
जनसंख्यामा आधारमा: चीन, भारत र अमेरिका
[२८७] एसियाको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ?
उत्तर: रेमन म्यागासेसे पुरस्कार
[२८८] कामिनी दह कुन जिल्लामा पर्छ?
उत्तर: बारा ( श्रोत: नेपाल सरकार #राष्ट्रिय ताल संरक्षण समिति http://www.nepallake.gov.np/cdr.php#)
कामिनी दह #पर्सा_वन्यजन्तु_आरक्षण अन्तर्गत पर्दछ | पर्सा वन्यजन्तु आरक्षण पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको छ | (श्रोत: Nepal Mountain news & Wikipedia)
नोट: पर्सा वन्यजन्तु आरक्षमा पर्ने भएकोले पर्सा जिल्लामा भन्ने भ्रम भएको हुन सक्छ |
[२८९] “Mother in law of Europe” भनेर कुन देशलाई चिनिन्छ?
उत्तर: डेनमार्क (#Father in law of Europe: Christian IX of Denmark & Nicholas I of Montenegro)
[२९०] नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो एसियाली साहित्यकार को हुन्?
उत्तर: रबिन्द्रनाथ टैगोर
[२९१] सिनेमा हल नभएको देश कुन हो?
उत्तर: साउदी अरव
सिनेमा हल संचालन गर्न कुनै प्रतिबन्ध नभए पनि साउदी अरव मा सार्वजनिक सिनेमा हल छैनन्
[२९२] ओशोको पुरा नाम के हो?
उत्तर: चन्द्र मोहन जैन
११ डिसेम्बर १९३१ मा भारतको बरेलिमा जन्मिएका ओशो आत्मिक ज्ञानको लागि सुप्रसिद्द छन् | उनलाई खुल्ला सेक्सको वकालत गर्ने ओशोलाई “सेक्स गुरु” समेत भनिन्छ |
[२९३] कफीको खेति सर्वाधिक उत्पादन हुने जिल्ला कुन हो?
उत्तर: स्याङ्जा
कफी उत्पादनमा दोश्रो जिल्ला: गुल्मी
कफी उत्पादनमा तेश्रो जिल्ला: काभ्रे
नोट: कफी खेतिका लागि प्रसिद्द जिल्ला भने गुल्मी नै हो | नेपालमा सबैभन्दा पहिले कफी खेति सुरु गरिएको जिल्ला गुल्मी नै हो | स्याङ्जामा २६२ हेक्टर क्षेत्रफल, गुल्मीमा १४० हेक्टर क्षेत्रफल तथा काभ्रेमा ११६ हेक्टर क्षेत्रफलमा कफी खेति हुने गरेको पाइएको छ | उत्पादन बढी हुनु र प्रसिद्द हुनु फरक कुरा हुन् |
श्रोत: नेपाल चीया तथा कफी विकास बोर्ड
[२९४] सर्वाधिक सक्रिय तत्व(element) कुनलाई मानिन्छ?
उत्तर: Caesium ( second: francium) श्रोत: विकिपेडिया
[२९५] “तानसेनको झरी” कसको कृति हो?
उत्तर: बालकृष्ण सम
[२९६] रोमन धर्म अनुसार जवानीको देवता कसलाई मानिन्छ?
उत्तर: रोमन: जुभेन्टास (ग्रीक: Hebe)
[२९७] आयामेली कवी भनेर कसलाई चिनिन्छ?
उत्तर: तिलविक्रम नेम्बांग
जिवान चेप्टो होइन आयामिक रुपमा बुझ्नुपर्छ भन्दै आयामेली अभियानको माध्यम बाट नेपाली साहित्यको दिशा परिवर्तनका लागि इश्वरबल्लभ वैरागी काइला र इन्द्रबहादुर राइ लागि परेका थिए | बैरागी काइला भनेर पनि चिनिने तिलविक्रम नेम्बांग नेपाली साहित्यको आयमेली अभियानका प्रवर्तक मध्ये एक मानिन्छन | नेपाली साहित्यमा चलाएको उक्त आन्दोलन अनुसार जीवन चेप्टो नभई तिनै आयाम अर्थात् मोटाइ, लम्बाई र चौडाई भएको हुनु पर्छ भन्ने हो, जसलाई तेश्रो आयाम पनि भनिन्छ |
[२९८] नेपालको उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ?
उत्तर: सानो भेरी
[२९९] सम्राट अशोक कि छोरीको विवाह को संग भएको थियो?
उत्तर: देवपाल ( अशोक पुत्री: चारुमती)
[३००] जुँगा भएको महादेवको मुर्ति कहाँ रहेको छ?
उत्तर: नेपालगंज बागेस्वारी मन्दिर

No comments:

Post a Comment