Thursday, 3 March 2016

ज्ञान सागर प्रश्नोत्तर भाग - ११

[२६१] सन् २०१५ को सबैभन्दा कान्छा विलिनियर को हुन्?
उत्तर: Evan Spiegel(24 year), CEO of the temporary photo messaging company
Other 2 Youngest Billionaire:
Bobby Murphy (26 year)
Julio Mario Domingo (29 year)
अमेरिकाका ३१ वर्षीय मार्क जुकरबर्ग विश्वका Youngest Billionaire मध्ये सबैभन्दा धनि हुन् |  ( जसको कृपाले हामी यहाँ घरै बसी बसी ग्रुप अध्ययन गर्दैछौ |)
[२६२] टिंकर भन्ज्यांग दार्चुलामा पर्छ भने ओलान्चुंग गोला कहाँ पर्छ?
उत्तर: ताप्लेजुंग
[२६३] रेडियो नेपालको स्थापना कहिले भएको हो?
उत्तर: २००७ चैत्र २० गते
२००७ चैत्र २० गते (२ अप्रिल १९५१) मा स्थापित रेडियो नेपालले सुरुवात मा ४ घण्टा ३० मिनेट कार्यक्रम संचालन गर्ने गरेको थियो | सुरुवातमा २००३ साल मङ्सिर मा सुरु भएको रेडियो सेवा आठ महिना पछी बन्द भएको थियो | वि.स. २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरि २००७ मङ्सिर २८ गते बिहान ८:३० देखि प्रसारण सुरु गरिएको आकाशवाणी नै पछी रेडियो नेपालमा परिणत गरिएको हो | यसका प्रथम उद्घोषक गजाधरभक्त माथेमा थिए, नेपाली समाचारवाचक तारणीप्रसाद कोइराला थिए, हिन्दि समाचारवाचक फनिस्वरनाथ रेणु थिए भने अंग्रेजी समाचारवाचक विजयलक्ष्मी थिईन |
[२६४] तारा खसेको पोखरि कुन जिल्लामा पर्छ?
उत्तर: सिन्धुपाल्चोक
[२६५] मानव शरीरको सबैभन्दा सानु हाड कहाँ हुन्छ?
उत्तर: कानमा (Stapes)
सबैभन्दा ठुलो हाड: तिघ्रामा (Femur)
सबैभन्दा अंग: छाला (skin)
सबैभन्दा सानु अंग: Pineal Gland
[२६६] नेपालको वर्तमान महान्यायाधिवक्ता को हुन्?
उत्तर: हरिकृष्ण कार्की
[२६७] साहित्यकार पारिजातको वास्तविक नाम के हो?
उत्तर: विष्णु कुमारी वाइवा (न्वारानको नाम)
पारिजात: आफैले रोजेको नाम
छेकुडोल्मा: लामाले राखिदिएको नाम (अर्थ: तारा रानी)
#विशेष उपलब्धि:
उनि मदन पुरस्कार जित्ने पहिलो महिला हुन् | मदन पुरस्कार प्रदान गरिएको पुस्तक को अंग्रेजी अनुबाद “The blue Mimosa” लाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो |
[२६८] लिओनार्दो दा भिन्चिले कसको सुन्दर मनमोहक तस्बिर बनाएका थिए?
उत्तर: मोनालिसा
[२६९] डाइनामो कसले आविस्कार गरेका हुन्?
उत्तर: माइकल फाराड़े
वास्तवमा माइकल फाराड़ेले डाइनामोको प्रिन्सिपल सन् १८३१-३२ मा पत्ता लगाएका हुन् | उनको प्रिन्सिपलको प्रयोग गरेर सन् १८३२ मा Hippolyte Pixii ले पहिलो डाइनामो बनाएका थिए |
[२७०] गौतम बुद्ध अन्तराष्ट्रिय पुरस्कारको राशि कति अमेरिकी डलर रहेको छ ?
उत्तर: ५०,००० अमेरिकी डलर
[२७१] से-फोक्सुण्डो तालको पानि बाट कुन झरना बनेको छ?
उत्तर: सुलिगढ़ झरना
सुलिगढ़ झरना समुद्र सतहबाट ३ हजार ६ सय १३ मिटरको उचाइमा रहेको छ | यसको छागो १६८ मिटर लामो छ | यो नेपालको सबैभन्दा उच्च स्थानमा रहेको झरना हो |
[२७२] तामांग जातिको मृत्यु संस्कारलाई के भनिन्छ?
उत्तर: घेवा
[२७३] काष्ठमण्डपको निर्माण कुन राजाको पालामा भएको थियो?
उत्तर: सिद्द लुइपा
वंशावलीमा प्रताप मल्लका बाबु लक्ष्मीनरसिंहको पालामा विशेतले  काष्ठमण्डप बनाएको भनी लेखिएको र त्यही कुराको देशविदेशमा प्रचार भइरहेकोमा वि.सं. २००४ मा काशीबाट प्रकाशित, तोत्रराज पाण्डेय र नयराज पन्तको नेपालको संक्षिप्त इतिहास मा यस कुराको खण्डन यसरी भयोलक्ष्मीनरसिंहको राज्यमा एउटै रूखको काठबाट (गोरखनाथको) देवल बनेको हुनाले कान्तिपुरको नाम काष्ठमण्डप रहेको तथा काष्ठमण्डपको अपभ्रंश काठमाडौं हो भत्रे मानिसहरूको भनाइ छ । परन्तु जयस्थितिमल्लका पालामा पनि काष्ठमण्डप नाम देखिएकाले सो घटना लक्ष्मीनरसिंहको पालामा भएको जस्तो देखिदैन ।
#परिक्षामा_विकल्प_अनुसार_उत्तर_हुने_हुनाले_दुविधा_मान्नु_पर्दैन_|_यो_जानकारीको_लागि_राखिएको_हो_|
श्रोत: राजधानी दैनिक / http://rajdhani.erajdhani.com/article/0093834001438315011
[२७४] प्रताप मल्लले कसको सम्झनामा रानी-पोखरी निर्माण गरेका थिए?
उत्तर: चक्रवतेंद्र मल्ल (छोरा)
[२७५] ट्वीटर को स्थापना कहिले भयो?
उत्तर: मार्च २१, २००६ (प्रयोग सुरु: जुलाई १५, २००६)
[२७६] मधेशको लिम्बु भनेर कुन जातिलाई चिनिन्छ?
उत्तर: धिमाल
[२७८] सामान्यत: घरायसी प्रयोजनको लागि कति भोल्ट सम्मको विद्युत प्रयोग गरिन्छ?
उत्तर: १२० देखि २४० भोल्ट (सबैभन्दा बढी प्रयोग हुने जोडी भोल्ट)
[२७८] घोडा घोडी ताल को नाम कपिल ताल राख्ने व्यक्ति को हुन्?
उत्तर: योगी नरहरीनाथ
घोडा-घोडी ताल ९ तालको समुह हो, जसमा १९ कुना छन् |
सम्बन्धित किम्बंदितहरु:
शिव र पार्वती घोडा र घोदिमा चढेर यहाँ घुम्न आएका थिए | यसै क्रममा उनीहरु चढेको घोडा र घोडी यहाँ मरेको हुनाले ताल क्षेत्रलाई घोडा घोडी ताल भनिएको हो |
शिव र पार्वती, घोडा र घोडीको रुपमा यहाँ घुम्न आएकोले तालको नाम घोडा-घोडी रहन गएको हो |
एक जना थारुले गाउ पानीमा डुब्ने सपना देखे | त्यहि अनुसार गाउ डुबि ताल बन्यो | त्यो तालमा बेला बेलामा माटाका घोडा र घोडी देखिने भएकोले घोडा-घोडी नाम रहेको जनविश्वास छ |
[२७९] आलु महोत्सव कहाँ गरिन्छ?
उत्तर: कास्कीको हेम्जा
[२८०] “अस्तित्वविहिन पंच” भनेर कसलाई चिनिन्छ?
उत्तर: नगेन्द्रप्रसाद रिजाल

No comments:

Post a Comment