[३४१] नयाँ अन्न खाई
परम्परागत रुपमा मनाइने पर्वलाई के भनिन्छ?
उत्तर: न्वागी
प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि जदनको काचों
चामलमा दहि, केरा, सिलाम, चिनी, सुकमेल र अन्य मसला एकै ठाउमा मिलाई त्यसलाई
राम्ररी मुछेर विधिपूर्वक देवता तथा पितृहरुलाई चढाईसकेपछी त्यसलाई प्रसादस्वरूप
खाने परम्परा छ | चलन अनुसार घरहरुमा न्वागी खाएको दिनदेखि नयाँ धान प्रयोगमा
ल्याउने गरिन्छ |
[३४२] बैदेही भनेर कसलाई
चिनिन्छ?
उत्तर: सिता
सिता जनककी धर्मपुत्री थिइन
सिता लक्ष्मीकी अवतार हुन्
सिताकी बहिनि उर्मिलाले रामसिता बनवास गएको १४
बर्ष सुतेर विताएकी थिईन | उनि आफ्नु र पति लक्ष्मण साटो समेत सुत्ने गर्थिन |
लक्ष्मण राम र सीताको रक्षार्थ २४ घण्टा नै जागा रहन्थे |
[३४३] काँचो छालाको लागि
प्रसिद्द जिल्ला कुन हो?
उत्तर: दैलेख
[३४४] हालसम्म WTO को सदस्यता नलिएको सार्क राष्ट्र कुन हो?
उत्तर: भुटान (१६४ औ देश अफगानिस्तान र
लाइबेरियाको सदस्यता गत सन् २०१५ डिसेम्बर मा स्वीकृत भएको छ)
[३४५] ASYCUDA के संग सम्बन्धित छ?
उत्तर: भन्सार
संयुक्त राष्ट्र संघले सदस्य राष्ट्रको कर संग
सम्बन्धित कार्य को लागि विकास गरेको सफ्टवेर
[३४६] मुर्दा बेर्ने
कपडालाई के भनिन्छ?
उत्तर: कात्रो/चिचेट
[३४७] काठमाडौँ कहिले
महानगरपालिका घोषणा भएको हो?
उत्तर: वि.स. २०५२ मङ्सिर २९ गते
[३४८] कुशका सन्तान भनेर
कुन जातिलाई चिनिन्छ?
उत्तर: कुसुण्डा
रामचन्द्रका वनवासी छोराहरु मध्ये लवका सन्तान
लवहरि र कुशका सन्तान कुशहरि भई लवहरिका सन्तान चेपांग र कुशहरिका सन्तान कुसुण्डा
भएको विश्वास गरिन्छ
[३४९] सर्वब्यापी घोलक के
लाई मानिन्छ?
उत्तर: पानि
[३५०] राजाको रानी भए झैँ
राष्ट्रपतिको के हुन्छ?
उत्तर: प्रथम महिला
३५१) हाल नेपालमा गा.वि.स
विहिन जिल्ला कतिवटा रहेका छन्?
उत्तर: २ वटा
अन्तिम पटकको नगरपालिका घोषणा पछी नेपालमा
नगरपालिका २१७ (२०४+१२+१) पुगेका छन् | भक्तपुर र काठमाडौँ जिल्ला गाविस विहिन जिल्ला
हुन् | ललितपुर जिल्लामा ५ नगरपालिका र १९ गाविस रहेका छन् |
३५२) २०१५ डिसेम्बर महिनामा
निकालेको तथ्यांक अनुसार नेपाल मानव विकास सूचांकको कति औ स्थानमा छ?
उत्तर: १४५ औ
३५३) ललितपुर जिल्लामा कति
गा.वि.स छन?
उत्त: १९ वटा
३५४) नेपालको प्रसिद्द
साहित्यिक पत्रिका मधुपर्कको प्रकाशन कहिले देखि सुरु भएको हो?
उत्तर: वि.स. २०५४ साल
३५५) नेपालबाट मेसिन रिडएबल
पासपोर्ट पाउने प्रथम व्यक्ति को हुन्?
उत्तर: भू.पु राष्ट्रपति डा. रामवरण यादव
३५६) हाल नेपाल टेलिभिजनको
प्रसारण च्यानल कतिवटा रहेका छन?
उत्तर: ३ वटा
३५७) हाल सम्म नेपालमा कति
जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्?
उत्तर: २३ वटा
१६ देखि ६० बर्ष सम्मका ९५% भन्दा बढी व्यक्ति
साक्षर रहेको अवस्थामा जिल्लालाई पूर्ण साक्षर घोषणा गरिन्छ | नेपालको पहिलो पूर्ण
साक्षर जिल्ला ललितपुर हो भने २३ औ जिल्ला दार्चुला हो | वि.स. २००७ सालमा २%
भन्दा कम रहेको नेपालको साक्षरता २०६८ को जनगणना अनुसार ६५.९% रहेको छ |
३५८) विश्वमा सबैभन्दा बढी
गहुँ उत्पादन गर्ने देश कुन हो?
उत्तर: चीन
३५९) नेपालमा रबर खेतीको
सुरुवात कुन जिल्लाबाट भएको हो?
उत्तर: झापा
३६०) सरकारले हाल कति
जिल्लामा एक गाउ एक उत्पादन नीति लागु गरेको छ?
उत्तर: ३२ जिल्ला
साथै १० जिल्लामा एक जिल्ला एक उत्पादन नीति लागु
गरेको छ
No comments:
Post a Comment