Monday, 7 December 2015

भाग-८

[१] सार्क क्षेत्रको सबैभन्दा ठुलो ताल कुन हो?
उत्तर: चिल्का ताल  ( भारत)
[२] छाडा गाईवस्तु थुन्ने घरलाई के भनिन्छ?
उत्तर: कान्जीहाउस
[३] महेन्द्र राजमार्गले नछुने तराइको एकमात्र जिल्ला कुन हो?
उत्तर: पर्सा
[४] शान्ति बगैचा कुन जिल्लामा पर्दछ?
उत्तर: अर्घाखाची
[५] बुलेट महाराज भनेर कसलाई चिनिन्छ?
उत्तर: श्री ५ युवराज त्रैलोक्य
[६] नेपालको झापा जिल्लामा फेला पारिएको आग्नेय परिवारको नयाँ भाषा कुन हो?
उत्तर: खडीया
[७] बाइबल सर्वप्रथम कुन भाषामा लेखिएको थियो?
उत्तर: हिब्रु
[८] अपराधीलाई छिनालेर मृत्युदण्ड दिने यन्त्रलाई के भनिन्छ?
उत्तर: गिलोटिन
[९] सबैभन्दा कडा धातु कुन हो?
उत्तर: टाईटानियम ( नोट: हिरा भनेको कार्बन तत्वको एक रुप मात्र हो धातु हैन | सबैभन्दा कडा वस्तु को रुपमा हिरालाई लिइन्छ | )
 [१०] पुरुषभन्दा महिला बढी साक्षर भएको देश कुन हो?
उत्तर: हंगेरी
[११] आ.ब. २०७२/७२ मा नेपालका कुन कुन सहरलाई स्मार्ट सिटी बनाउने घोषणा गरिएको छ?
उत्तर: काठमाडौँ, लुम्बिनी र निजगढ
[१२] नेपाल संग मिल्दो नक्सा भएको अर्को देश कुन हो?
उत्तर: पोर्चुगल
[१३] कुन सार्क देशमा गैडा पाइदैन?
उत्तर: श्रीलंका
[१४] नेपालको एकिकरणको त्रिशक्ति भनेर कुन-कुन राज्यलाई बुझिन्थ्यो?
उत्तर: पाल्पा, लम्जुंग, तनहु
[१५] संसारको सबैभन्दा पुरानु कला कुन हो?
उत्तर: चित्रकला
[१६] टोपीको माथिल्लो भागलाई के भनिन्छ?
उत्तर: चाउलो
[१७] सिद्धपोखरी बजार कुन जिल्लामा पर्दछ?
उत्तर: संखुवासभा
( मानव निर्मित सिद्धपोखरी भक्तपुरमा पनि रहेको छ तर यो पोखरी हो बजार हैन | भक्तपुरमा रहेको सिद्धपोखरी यक्ष मल्लको पालामा निर्माण गरिएको मानिन्छ )
( त्यसै गरि संखुवासभा जिल्लामा सिद्धपोखरी नामको एक पोखरीका साथै बजार पनि रहेको छ )
[१८] “ब्लु हेल्मेट” भन्नाले के बुझिन्छ?
उत्तर: UNO को शान्ति सेना
[१९] चन्दन घोट्ने ढुंगालाई के भनिन्छ?
उत्तर: चनौटो
[२०] उखु पेल्दा निस्केको उखुको छोक्रालाई के भनिन्छ?
उत्तर: पगार

सन्दर्भ सामग्री: गोरखापत्र, सोपान, विकिपेडिया


No comments:

Post a Comment