आयोजना स्थल : बेलायतको लन्डन
घोषणा मिति : २०१५ डिसेम्बर २ [ २०७२ मङ्सिर १६ गते]
नेपालको बैंक अफ द इयर २०१५ : स्टान्डर्ड चार्टड बैंक
स्टान्डर्ड चार्टड बैंक नेपाल ‘बैंक अफ दि इयर १०१५’ बाट सम्मानित भएको छ । बेलायतको लण्डनमा आयोजित समारोहमा डिसेम्बर २ अर्थात मंसिर १६ गते बैंकलाई बैंक अफ दि इयर १०१५ को बिजेता घोषणा गरिएको हो ।
संसारका १ सय ८० देशमा पढिने दि बैंकर म्याजेजिनले बैंक अफ दि इयर प्रदान गर्ने यो अवार्ड विश्व बैंकिङ उद्योगको निकै आकर्षक मानिन्छ । वितेका १६ वर्षदेखि यो अवार्ड सुरु गरिएको हो
स्टान्र्डर्ड चार्टट बैंक नेपाल यूरोनोमी अवार्ड फर एक्सिलेन्स २०१५, ग्लोबल फाइनान्सबाट वर्ड इर्मजिङ मार्केट बैंक फर २०१५, वर्ड बेस्ट कन्जुमर डिजिटल बैंकिङ अवार्ड फर नेपाल २०१५ बाट पनि सम्मानित भइसकेको छ ।
स्टान्डर्ट चार्टर्ड बैंक नेपालका सीयओ जोसेफ सिल्भानसले यो अवार्ड पाएकोमा हर्सित भएको बताए । ‘यो अवार्डले हामीले हाम्रा ग्राहकहरुलाई लामो समयदेखि लगातार गुणस्तरीय सेवा दिइरहेका छौं भन्ने कुराको प्रमाणित गर्छ ।’ उनले भने ।
बैंकले नेपालमा गरेको सकरात्मक योगदान प्रति आफूहरु गौरवनान्वित भएको उनले बताए । यो अन्त्राष्ट्रिय बैंकका विश्वभर ८६ हजार रोजगार छन् भने बैंकसँग १ सय ५० वर्षको इतिहास छ ।
स्टान्डर्ड चार्डड बैंक नेपालले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड ९७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकले ५८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
No comments:
Post a Comment