सार्वजनिक प्रशासनको
उदेस्यले मुलुककै सर्वांगीण विकासको अवधारणालाई समेटेको हुन्छ | यसले समग्र
रास्ट्रको उदेस्यलाई समेटेको हुन्छ | सामान्यत: सुरक्षा र नियमन, स्थिरिकरण,
पुनर्वितरण र जनकल्याण सार्वजनिक प्रशासनका आधारभूत उदेस्यहरु हुन् तर बृहत रुपमा
भन्नुपर्दा सार्वजनिक प्रशासनका उदेस्यलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ |
=======================================
[१] राजनीतिक उदेस्य
[२] आर्थिक उदेस्य
[३] सामाजिक उदेस्य
[४] अन्य विविध उदेस्य
===================================
[१] राजनीतिक उदेस्य:
परिवर्तित लोकतान्त्रिक
राज्य व्यवस्थाको अभिब्रिद्दी गर्दै सम्पूर्ण परिवर्तनलाई सस्थागत गर्ने कार्य
राजनीतिक उदेस्यअन्तर्गत पर्दछन, यसअन्तर्गत:
v समाजमा शान्ति सुव्यवस्था कायम गर्ने,
v मानवअधिकारको संरक्षण र सम्बर्धन गर्ने,
v लोकतान्त्रिक उपलब्धिको उपभोग गर्न सक्ने व्यवस्था मिलाउने,
v खुला समाजमा आधारित लोककल्याणकारी व्यवस्थाको अभिब्रिद्दी,
v जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने,
v स्वायत्त शासनको माध्यमबाट जनतालाई अधिकाधिक मात्रामा
शासनमा सहभागिता गराउने,
v अन्तराष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिब्रिद्दी गर्ने
|
[२] आर्थिक उदेस्य:
दिगो, समुन्नत,
आत्मनिर्भरतापूर्ण र समृद्धशालि अर्थतन्त्रको स्थापना गर्नु नै सार्वजनिक
प्रशासनको आर्थिक उदेस्य हो, यसअन्तर्गत:
v देशमा उपलब्ध आर्थिक श्रोत र साधनको आधिपत्य सिमित हुन
नदिने,
v सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धिको न्यायोचित वितरणको
व्यवस्था मिलाउने,
v कुनै पनि जाति, वर्ण, लिंग, क्षेत्र, वर्ग वा अन्य
व्यक्तिमाथि आर्थिक शोषण हुन नपाउने व्यवस्था गर्ने,
v समाजमा आर्थिक समानता कायम गरि आर्थिक असमानता हटाउने,
v राष्ट्रिय अर्थतन्त्रलाई दिगो, फराकिलो रुपमा बृद्दी गर्दै
स्वतन्त्र आत्मनिर्भर एवं उन्नतशील गराउने,
v मुलुकको तिब्रतर विकाश गरि जनताको जीवनस्तर उकास्ने,
[३] सामाजिक
उदेस्य:
सार्वजनिक प्रशासनले
सामाजिक क्रियाकलापमा भएका विभेदलाई अन्त्य गरि समृद्द र विकसित समाजको परिकल्पना
गरेको हुन्छ, जसअन्तर्गत:
v सबै किसिमका आर्थिक तथा सामाजिक असमानता हटाउने,
v विभिन्न जातजाति, धर्म, भाषाभाषी, वर्ण, समुदाय र सम्प्रदाय
बीच सामन्जस्य स्थापना गर्ने,
v न्याय र नैतिकतामा आधारित स्वास्थ्य सामाजिक जीवनको स्थापना
र विकास गर्ने,
v राष्ट्रिय एकतालाई सुद्रीढ गर्ने
v सामाजिक अपांग, अशक्त, असहाय, वृद्ध, पिछडिएका जाति, जनजाति
जस्ता वर्ग र समुदायको कल्याण गर्ने कार्यक्रम संचालन गर्ने |
[४] अन्य विविध उदेस्य:
सार्वजनिक प्रशासनका उदेस्य
भन्नु नै राज्य वा सरकारका उदेस्य हुन् | त्यसैले राजनीतिक, आर्थिक तथा सामाजिक
उदेश्यका अतिरिक्त यसका अन्य उदेस्य पनि रहेका छन् | जसअन्तर्गत:
v गरिबी, असमानता, बेरोजगारी, भेदभाव हटाउने
v वातावरणको दिगो विकास गर्ने
v मुलुकको भौगोलिक एवं क्षेत्रीय विकासमा सन्तुलन कायम गर्ने
v राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा सम्बन्ध कायम गर्ने
v कानुनि राज्यको स्थापना गर्ने
v जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगारी जस्ता आधारभूत
आवस्यकता परिपूर्ति गर्ने
v बालमैत्री, अपांगमैत्री, बृद्धबृद्धामैत्री वातावरणको
सिर्जना गर्ने
v निष्पक्ष, पारदर्शी सेवा प्रणालीको विकास गर्ने
No comments:
Post a Comment