Thursday, 17 December 2015

भाग - १०

[१] बिहान मात्रै फुल पार्ने चरा कुन हो?
उत्तर: हाँस
[२] गाइको बथानलाई के भनिन्छ?
उत्तर: गोकुल
[३] पहेलो गुलाबको अर्थ के हुन्छ?
उत्तर: मित्रता
===========================
Red Rose = love & romance
Pink Rose = love, gratitude & appreciation
White Rose = Marriage, spirituality & new start
Orange Rose = Enthusiasm, Passion
Yellow Rose = Friendship, joy & good health
==================================
[] “one pillar bridge” भनेर चिनिने कर्णाली नदिमाथि निर्मित पुलले कुन-कुन जिल्लालाई जोड्छ?
उत्तर: कैलाली र बर्दिया
[५] नेपालको जनगणना २०६८ अनुसार नेपालमा बौद्ध धर्मावलम्बीहरु कति % रहेका छन्?
उत्तर: ९ %
[६] १ तोला सुनमा कति ग्राम हुन्छ?
उत्तर: ११.६६४ ग्राम
==============================
१ लाल = ०.११६६ ग्राम
१ तोला = १०० लाल = ११.६६ ग्राम
१ चटक = ५ तोला = ५८.३१ ग्राम
१ पाउ = १९९ ग्राम
१ धार्नी = १२ पाउ = २.३३ केजी
=============================
[७] नेपालमा सर्वप्रथम मदन पुरस्कार पाउने महिला को हुन्?
उत्तर: पारिजात
[८] गोरखा हिमाल कुन जिल्लामा पर्छ?
उत्तर: गोरखा जिल्ला
==============================
गोरखा हिमाललाई गाडी चुली वा पिक २९ पनि भनिन्छ | मनास्लु हिमालको उत्तर र हिमालचुलीको दक्षिण मा अवस्थित यो हिमाल विश्वको २० औ अग्लो(७८७१ मिटर/२५८२३ फिट) हिमाल हो | यसको पहिलो आरोहण सन् १९७० मा गरिएको थियो | (श्रोत: विकिपेडिया)
===============================
[९] हात्ती बाध्ने किलो लाई के भनिन्छ?
उत्तर: खमारी
[१०] “सेतो धर्ती” का लेखक को हुन्?
उत्तर: अमर न्यौपाने
[११] नेपालको राजस्व कार्यालयमा कहिलेबाट डिजिटल सिग्नेचर प्रणाली लागु भयो?
उत्तर: २०७२ मङ्सिर १६ गते
[१२] महागुरु फाल्गुनन्द कुन धर्मसंग सम्बन्धित छन्?
उत्तर: किरात
=================================
माता हंशमति लिम्बु तथा बाबु जगनबाज लिम्बुका साहिला सुपुत्र फाल्गुनन्द लिंगदेन/ मुहिङगुम अङसीमाङ लाई नै महागुरु फाल्गुनन्द भनिन्छ | उनि किरात धर्मका महान गुरु तथा समाज सुधारक थिए
====================================
[१३] हाल नेपालमा गैडाको संख्या कति रहेको छ?
उत्तर: ६४५
[१४] नेपालको संविधान-२०७२ को कति औ भागमा लोकसेवा सम्बन्धि विषय उल्लेख गरिएको छ?
उत्तर: भाग-२३
[१५] नेपालको सबैभन्दा लामो हिमनदी कुन हो?
उत्तर: खुम्बु-३२ किमी
[१६] नेपालको पहिलो टेस्टट्युब बेबीको नाम के राखिएको छ?
उत्तर: ओम मणि तामांग
[१७] हाल नेपालमा कति प्रजातिका चरा पाइन्छन?
उत्तर: ८७२ प्रजाति
[१८] नेपालको सबैभन्दा सानु राष्ट्रिय निकुन्ज कुन हो?
उत्तर: रारा राष्ट्रिय निकुन्ज क्षेत्रफल:१०६ वर्गकिलोमिटर
(सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज से-फोक्सुण्डो राष्ट्रिय निकुन्ज हो | क्षेत्रफल: ३५५५ वर्गकिलोमिटर)
[१९] विकिपेडिया डे कहिले मनाइन्छ?
उत्तर: जनवरी १५
[२०] SMS को पुरा रुप के हो?
उत्तर: short message service




2 comments:

  1. ४ नम्बर उतरमा कैलाली र बर्दिया हुनुपर्ने

    ReplyDelete
  2. tq... it was typing error !!

    ReplyDelete