सार्वजनिक प्रशासन
===============
“कुनै उदेस्य वा प्रयोजनका
लागि एकभन्दा बढी मानिसहरुको संचालन, समन्वय तथा नियन्त्रण नै सार्वजनिक प्रशासन
हो |” – L.D Write
राज्य
संचालनसम्बन्धि सरकार द्वारा गरिने सम्पूर्ण क्रियाकलापहरुको समष्टिगत सारलाई
सार्वजनीक प्रशासन भनिन्छ | कुनै व्यक्ति जात, जाति, धर्म, वर्ण, लिंग, भाषा,
भाषी, सम्प्रदाय विशेषलाई संकेत नगरी मुलुकका आम जनता, जनताका मुल्य, मान्यता,
अपेक्षा अवास्यकतालाई प्रतिविम्वित गर्ने काम प्रशासन हो भने लक्षित उदेस्य
प्राप्तिका लागि पारस्परिक सहयोग र समन्वयमा आधारित योजनाबद्द व्यवस्था एवं स्रोत
र साधनको उपयुक्त तथा प्रभावकारी व्यवस्थापन गर्ने नै प्रशासनको कार्य हो |
“सार्वजनिक प्रशासन कानुनको
विस्तृत र प्रक्रियागत कार्यन्वयन हो | प्रत्येक कानुन लागु गर्नु नै सार्वजनिक
प्रशासनको कार्य हो |” – Woodrow Wilson
समग्रमा राज्य
संचालन गर्न शासनव्यवस्थासम्बन्धि सरकारको आचरण तथा नीति, कार्यक्रम, व्यवहार र
संस्कारको संयोजन गर्ने कार्य सार्वजनिक प्रशासनको हो जसले जनताको गर्भभन्दा पहिले
चिहानपश्चातसम्मका विषयबस्तुहरुमा सार्वजनिक प्रशासनको प्रत्यक्ष नजर रहेको हुन्छ
|
सार्वजनिक प्रशासनको उदेस्य
======================
सार्वजनिक प्रशासनले
समाजको तथा राष्ट्रको समग्र उदेस्य समेटेको हुन्छ | नेपालको सन्दर्भमा सार्वजनिक
प्रशासनका उदेस्यहरु निम्नअनुशार रहेका छन् :
क.
जनताको जिउ,
धन समानता र स्वतन्त्रताको संरक्षण गरि सामाजिक, आर्थिक एवं राजनैतिक क्षेत्र
लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरि खुल्ला समाजमा
आधारित लोककल्याणकारी व्यवस्थाको अभिब्रिद्दी गर्ने |
ख.
समाजमा
शान्ति र सुव्यवस्था कायम गरी मानव अधिकारको संरक्षण र सम्वर्द्दन गर्दै सार्वजनिक
हितको प्रवर्धन गर्ने र स्वायत्त शासनको माध्यमद्वारा जनतालाई शासनमा अधिक
मात्रामा सम्मिलित हुने अवसर जुटाई लोकतन्त्रका लाभहरुको उपयोग गर्न सक्ने
व्यवस्था कायम गर्ने |
ग.
नेपाली
जनताको संघर्षको प्रतिफलस्वरूप प्राप्त लोकतन्त्रलाइ सस्थागत गर्दै सोको लाभहरुको
उपभोग गर्न पाउने अवस्थाको सिर्जना गर्दै समुन्नत र समृद्द नेपाल निर्माण गर्ने |
घ.
देशमा उपलब्ध
आर्थिक स्रोत र साधनलाई सिमित व्यक्तिहरुमा केन्द्रित हुन नदिई सामाजिक न्यायको
आधारमा आर्थिक उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाई कुनै पनि जाति, लिंग,
वर्ग, उत्पत्ति वा व्यक्ति उपर आर्थिक शोषण हुन नपाउने व्यवस्था गरि आर्थिक
असमानता हटाउदै स्वदेशी निजि एवं सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई
राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर एवं उन्नतशील गराउने |
ङ.
सबै किसिमका
आर्थिक एवं सामाजिक असमानता हटाई विभिन्न जात, जाति धर्म, भाषा, वर्ण, समुदाय र
सम्प्रदायका बीच सामन्जस्य स्थापना गरि न्याय र नैतिकतामा आधारित स्वास्थ्य
सामाजिक जीवनको स्थापना र विकाश गर्ने |
च. देशको सार्वभौमसत्ता, अखण्डता र
स्वतन्त्रतालाई कायम राखी अन्तराष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिब्रिद्दी
गर्ने दिशामा राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने |
नेपालको सार्वजनिक प्रशासनमा देखिएका समस्याहरु
========================================
१.
नेपालको सार्वजनिक
प्रशासनको संगठनात्मक स्वरूप अत्यन्तै पुरानु ढाँचाको भएकाले निर्देशन कार्यन्वयन
गर्न र निर्णयको आदेश माथिल्लो तहबाट तल्लो तहसम्म आइपुग्न र तल्लो तहबाट माथिल्लो
तहसम्म निर्णयका टिप्पणी संस्कारको प्रक्रिया पुरा गर्नुपर्ने भएकाले सार्वजनिक
प्रशासनका नीति कार्यन्वयनको पक्षमा बहुत ढिलासुस्ती र बोझिलो भएको छ |
तसर्थ जनताको सेवाग्राही गुणस्तरमा कमि आइरहेको छ |
२.
नेपालको भौगोलिक तथा
सामाजिक बनौट र राजनैतिक अस्थिरताको कारणले सबैभन्दा बृहत समस्या सार्वजनिक
प्रशासनमा देखिएको छ |
३.
नेपालको सार्वजनिक
प्रशासनमा देखिएको महत्वपूर्ण विशेषता अधिकारको केन्द्रीकरण हो जसले गर्दा
व्यवहारिक रुपमा विकेन्द्रीकरणलाई कार्यान्वयन गर्न दृढ इच्छाशक्तिको अभाव
सार्वजनिक प्रशासनको समस्या देखिएको छ |
४.
कर्मचारीहरुमा उत्प्रेरणाको
कमीले गर्दा उनीहरु आफ्नु कार्यप्रति जिम्मेवारीपुर्वक मनोबल उच्च राख्न
सकिरहेको देखिदैन |
५.
समय सापेक्ष अनुसार आर्थिक
सामाजिक तथा सास्कृतिक परिवर्तनलाइ आत्मसात गर्न नसक्नु विकासोन्मुख
मुलुकको समस्या रहेको छ |
६.
नेपालमा सार्वजनिक प्रशासन
सम्बन्धि प्रशासनसुधार आयोगका सुझाव तथा प्रतिवेदनहरु प्रभावकारी रुपले अनुगमन,
मुल्यांकन तथा कार्यन्वयन हुन नसक्नु अर्को समस्या रहेको छ |
७.
प्रशासनयन्त्रलाई उपलब्धिमुलक
भन्दा प्रक्रियामुखीलाइ जोड दिईएकाले प्रशासनयन्त्रमा छिटो, छरितो, प्रभावकारी र
जनमुखी बनाउन सकिरहेको छैन |
नेपालको सन्दर्भमा सार्वजनिक प्रशासनमा देखिएका मुलभूत समस्याहरुको
समाधान गर्ने उपायहरु
=========================================================================
१.
नविन सोच र शैलीको प्रयोग
गरि प्रतिस्प्रधात्मक क्षमतामा अभिब्रिद्दी गर्नुपर्दछ |
२.
राजनीति र प्रशासनबीच
सु-सम्बन्धको स्थापना गरी यिनीहरुबिचको
कार्यक्षेत्र र सिमाहरु ऐन/नियमबाट स्पष्ट पार्नुपर्दछ |
३.
उदारिकृत एवं बजारमुखी
अर्थतन्त्रको अवलम्बन गर्दै सरकारले नगरी
नहुने अवस्थाका बाहेक अन्य कार्यहरु निजि क्षेत्र र नागरिक समाजलाई
हस्तान्तरण गर्नुपर्दछ |
४.
शक्ति स्रोत, साधन र
अधिकारको पूर्ण विश्लेषण गरि उपलब्ध स्रोत र साधनको प्रभावकारी व्यवस्थापन
गर्नुपर्दछ |
५.
स्थानीय स्वायत्त शासन एवं
प्रभावकारी विकेन्द्रीकरणमा जोड दिई अधिकार प्रत्यायोजनलाई व्यवहारिक रुपमा
प्रयोग गर्नुपर्दछ |
६.
निजामति सेवामा सुधारका
क्षेत्रहरुको पहिचान र त्यसको कार्यान्वयन गरि अन्य सार्वजनिक सेवामा
सुदृढिकरण गर्नुपर्दछ |
७.
समावेशीकरण एवं
लोकतान्त्रिक मान्यता अनुरुप राज्यको पुन:संरचनामा ध्यान दिनु पर्दछ |
८.
कार्य प्रणालीमा सरलीकरण
गर्दै कुशल सूचना व्यवस्थापनप्रणाली लागु गर्नुपर्दछ |
सम्भावित प्रश्नहरु:
[१] सार्वजनिक प्रशासनको परिचय दिनुहोस |
[२] सार्वजनिक प्रशासनको उदेश्यहरु प्रष्ट
पार्नुहोस |
[३] नेपालको सन्दर्भमा सार्वजनिक प्रशासनमा
देखिएका मुलभूत समस्याहरु के के हुन्?प्रष्ट पार्नुहोस |
[४] नेपालको सन्दर्भमा सार्वजनिक प्रशासनमा देखिएका मुलभूत
समस्या समाधानका उपायहरु उल्लेख गर्नुहोस |
No comments:
Post a Comment