Saturday, 30 January 2016

ज्ञान सागर प्रश्नोत्तर भाग-१०

१८१) नेपालको पहिलो रंगिन चलचित्र कुन हो?
उत्तर: कुमारी
१८२) विश्व प्रसिद्द पुस्तक गिनिज बुकको पहिलो प्रकाशन कहिले भएको थियो?
उत्तर: सन् १९५५ अगस्त २७
१८३) वि.स. २०१६ साल भन्दा अगाडी नेपाली नोट प्रकाशनको कार्य कहाँ बाट गरिन्थ्यो?
उत्तर: सदर मुलुकीखानाबाट
१८४) मगर जातिमा रहेको छोराछोरी बेच्ने तथा भाउजु, सानिमा बेहोर्ने चलनमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री को हुन्?
उत्तर: भीमसेन थापा
१८५) नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो?
उत्तर: १९५५ डिसेम्बर १४
१८६) चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री को हुन्?
उत्तर: टंक प्रसाद आचार्य
१८७) वेद पाठ गर्दा ब्राह्मणको मुखबाट निस्केको थुकको छिटालाई के भनिन्छ?
उत्तर: ब्रह्मबिन्दु
१८८) रोमन संख्यामा कुन अंक हुदैन?
उत्तर: सुन्य
१८९) खाने आहार पाएपछि आशु खसाल्ने जीव कुन हो?
उत्तर: गोही
१९०) माथिल्लो जातकी केटि र तल्लो जातको केटाबीच हुने विवाहलाई के भनिन्छ?
उत्तर: प्रतिलोम
१९१) पियानोको आविस्कार कुन देशमा भएको हो?
उत्तर: इटाली
१९२) सर्वप्रथम “जय नेपाल” शब्द प्रयोग गर्ने व्यक्ति को हुन्?
उत्तर: सुक्रराज शास्त्री
१९३) नेपाललाइ द्वापरयुगमा के भनिन्थ्यो?
उत्तर: मुक्तिसोपान
१९४) धरान-विराटनगर सडकखण्डको नाम के राखिएको छ?
उत्तर: भक्ति मार्ग
१९५) नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज कुन हो?
उत्तर: सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज
१९६) कर्णका पिता सुर्य हुन् भने माता को हुन्?
उत्तर: कुन्ती
१९७) चिकित्सा विज्ञानको लागि महत्वपूर्ण मानिएको एक्स-रेका अविस्कारक को हुन्?
उत्तर: Wilhelm Rontgen
१९८) सगरमाथा आरोहन गर्ने प्रथम महिला को हुन्?
उत्तर: जुनको तावेइ
१९९) विधवाले लगाउने धातुको चुरालाई के भनिन्छ?
उत्तर: रैया
२००) RED GIANTS भन्नाले के बुझिन्छ?

उत्तर: अन्त्य अवस्थामा पुगेको तारा

No comments:

Post a Comment