Sunday, 24 January 2016

समसामयिक वस्तुगत प्रश्न भाग-२२

[२४१] योगका पिता पतंजली हुन् भने आयुर्वेदका पिता को हुन्?
उत्तर: धन्वन्तरी
हिन्दु धार्मिक मान्यता अनुसार धन्वन्तरीलाई भगवान विष्णुको अवतार मानिन्छ | पृथ्वीमा उनको अवतार समुन्द्र मन्थनको समयमा भएको थियो | कार्तिक कृष्ण त्रयोदशिको दिन जन्मिएका धन्वन्तरिको सम्झनामा उक्त दिनलाई धन्वन्तरी दिवस मानिन्छ भने २०५६ सालदेखि नेपालमा उक्त दिनलाई राष्ट्रिय आयुर्वेद दिवसको रुपमा मनाउन थालिएको छ |
[२४२] सर्वप्रथम निजामति सेवा को सुरुवात कुन देशबाट भएको मानिन्छ?
उत्तर: चीन
[२४३] कवी शिरोमणि लेखनाथ पौडेलको २०७२ पुष १५ गते कति औ जन्मदिन मनाइयो?
उत्तर: १३२ औ
जन्म: वि.स.१९४१ पुष १५ गते, गण्डकी अंचल, कास्की जिल्लाको अर्घौ-अर्चले
मृत्यु: वि.स.२०२२ फागुन ७ गते, देवघाट, चितवन
विधा: काब्य/नाटक, कविता
पहिलो कृति: ऋतु विचार
[२४४] सुमेकर लेमी कहिले बृहस्पतिमा ठक्कर खाएर ध्वस्त भएको थियो?
उत्तर: सन् १९९४ जुलाई
[२४५] नेपालको घोडाघोडी ताल कुन जिल्लामा पर्छ?
उत्तर: कैलाली
[२४६] लोक्ताको लागि प्रसिद्द जिल्ला कुन हो?
उत्तर: बाग्लुंग
कतिपय पुस्तकमा लोक्ताको जिल्ला भनेर दोलखा उल्लेख गर्नुको कारण :
लोक्ता एक वनस्पति हो जसको खेतीका लागि बाग्लुंग जिल्लाको हावापानी उपयुक्त मानिन्छ | बाग्लुंग जिल्लाका तारा र लेखानी गा.वि.स. मा “एक गाउ एक उत्पादन” अन्तर्गत लोक्ता खेति सुरु गरिएको छ | तर व्यवसायिक रुपमा प्रवर्धन तथा स्थापित गराउन नसक्दा त्यहाँबाट लोक्ता लोप हुने अवस्थामा पुगेको छ भने दोलखा जिल्लाको जिरीमा उत्पादित लोक्ताले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार पाइरहेको छ | जिरीको “एक गाउ एक उत्पादन” कार्यक्रम अन्तर्गत लोक्ताबाट फेन्सी तथा गरगहना साथै नेपाली कागजको व्यवसायिक उत्पादन हुने गरेको छ | नेपालमा उत्पादित लोक्ता जापानी मुद्रा बनाउन समेत प्रयोग हुने गरेको छ | यसै कारणले कतिपय पुस्तकमा लोक्ताको जिल्ला भनेर दोलखा लेख्ने गरेको भए पनि प्रारम्भ देखि नै लोक्ताको जिल्ला भनेर चिनिने जिल्ला भने बाग्लुंग नै हो |
[२४७] गौतम हिमाल कुन जिल्लामा पर्छ?
उत्तर: डोल्पा
[२४८] इतिहासको बत्ति भनेर कुन ठाउलाई चिनिन्छ?
उत्तर: ग्रिस
History (इतिहास) को अर्थ ग्रीक भाषामा “inquiry”, “knowledge from inquiry”, वा “Judge” हो | ग्रीक दार्शनिक Aristotle ले सबैभन्दा यो सब्द्को प्रयोग गरेका थिए | “Aristotle”, “The father of history-Herodotus”, “The great Historian Thucydides” हरुकोको भुमि ग्रिसलाई इतिहासको बत्ति मानिन्छ |
[२४९] UNCTAD को पुरा रुप के हो?
उत्तर: United Nations Conference on Trade And Development
[२५०] विश्वको सबैभन्दा ठुलो त्रिशुल कहाँ रहेको छ?
उत्तर: दाङ
#दाङ: दाङको धारापानी स्थित पाण्डवेश्वर मन्दिरमा रहेको ५५ फीट अग्लो ८ हजार १ सय १३ केजीको सो त्रिशुल पंचधातु (तामा, सुन, चांदी, फलाम र पित्तल)बाट बनेको छ| यो त्रिशुललाई विश्वको अग्लो समेत मानिएको छ |
#पिथौरागढ़: भारतको पिथौरागढ़मा विश्वको दोश्रो ठुलो त्रिशुल रहेको छ जसको तौल २७०० केजी रहेको छ |
#पाल्पा: १७०० किलो तौल भएको पाल्पाको भैरवस्थान मन्दिरमा रहेको त्रिशुल विश्वको तेश्रो ठुलो त्रिशुल हो |
श्रोत: उज्यालो अनलाइन http://ujyaaloonline.com/news/40819/trisul-at-dang/
[२५१] Mount k2 को उचाई कति छ?
उत्तर: ८६११ मिटर
Mount k2 विश्वको दोश्रो अग्लो हिमाल हो |
यो हिमाल कारकोरम हिमशृंखला अन्तर्गत पर्दछ |
यसको नाम K2 रहनुको कारण यो K= कारकोरम हिमशृंखला, २= विश्वको दोश्रो अग्लो हिमाल |
यो हिमाललाई The Savage Mountain पनि भनिन्छ |
[२५२] महात्मा गान्धीले हेरेको एकमात्र चलचित्र कुन हो?
उत्तर: रामराज्य
[२५३] सिनेमा हल नभएको देश कुन हो?
उत्तर: साउदी अरब
[२५४] मानिसको बैज्ञानिक नाम के हो?
उत्तर: होमो सेपिएंस
[२५५] मलाला दिवस कहिले मनाइन्छ?
उत्तर: जुलाई १२ (मलाला युसफजईको जन्म दिनलाई UN  ले मलाला दिवसको रुपमा मनाउन सुरु गरेको)
उनि सबैभन्दा कान्छी नोबेल पुरस्कार विजेता हुन् |
महिला शिक्षाको पक्षमा उनि ११ बर्षको उमेर देखि नै लड्दै आएकी छिन |
तालिबानले उनलाई १५ बर्षको उमेरमा सांघातिक हमला गरेको थियो |
I Am Malala उनको प्रकाशित कृति हो जुन अमेजन डट कम मा #१ best selling भएको थियो |
[२५६] GPRS को पुरा रुप के हो?
उत्तर: General Packet Radio Service
इन्टनेट चलाउन प्रयोग गरिने यो प्रविधि GSM मोबाइल सेवा प्रदायक कम्पनीले प्रयोग गर्छन | ५६ देखि ११४ Kbps गति रहेन यो प्रविधि द्रुत गतिको इन्टरनेट प्रयोगमा भने त्यति पर्योग गर्न लायक छैन |
[२५७] विश्वको लामो देश कुन हो?
उत्तर: चीली
चिली सम्बन्धि केहि तथ्य:
चिलीको सबैभन्दा धेरै लम्बाई ४३०० किलोमिटर छ भने सर्वाधिक चौडाई ३५० किलोमिटर छ |
विश्वको सबैभन्दा ठुलो स्विमिंग पुल Algarrobo City को  Pacific Coast मा पर्छ |
विश्वको सर्वाधिक सुख्खा ठाउ Atacama Desert चिलीमा छ |
[२५८] विश्वकै सर्वाधिक सदस्य भएको राजनैतिक पार्टी कुन हो?
उत्तर: Communist party of china
[२५९] मुकुट चुरेन हिमाल कुन जिल्लामा पर्छ?
उत्तर: म्याग्दी
[२६०] पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो?

उत्तर: इटाली

No comments:

Post a Comment