Monday, 21 December 2015

भाग - १२

[४१] मनाङको तिलिचो तालमा साइकल कुँदाएर विश्‍व रेकर्ड कायम गर्ने व्यक्ति को हुन् ?
उत्तर: उपासना मल्ल
[४२] कराते खेलमा “कराते” शब्दको अर्थ के हुन्छ?
उत्तर: खालि हात
[४३] मानीषको लिंगको निर्धारणमा के को मुख्य हात हुन्छ?
उत्तर: पुरुष क्रोमोजोम
========================================
पुरुषमा हुने क्रोमोजोम = XY
महिलामा हुने क्रोमोजोम = XX
(Y क्रोमोजोम पुरुषमा मात्र हुने भएकाले लिंग निर्धारणमा पुरुष क्रोमोजोमको मुख्य भूमिका हुन्छ)
=========================================
[४४] सत्यवती ताल कुन जिल्लामा रहेको छ?
उत्तर: पाल्पा
[४५] सबैभन्दा ठुलो मांशाहारी जनावर कुन हो?
उत्तर: ब्लु व्हेल
==========================================
Arctic Ocean वरिपरी पाउने ध्रुवीय भालु जमिनमा पाइने सबैभन्दा ठुलो मांशाहारी जीव हो भने संसारको सबैभन्दा ठुलो मांशाहारी जीव ब्लु व्हेल हो | ब्लु व्हेल सम्पूर्ण जीवहरुको तुलनामा पनि सबैभन्दा ठुलो हो |
===========================================
[४६] वि.स. २०६८ सालमा गरिएको कृषि गणना कति औ हो?
उत्तर: छैटौ
============================================
वि.स. २०१८ साल देखि सुरु गरिएको कृषि गणना हरेक १०/१० बर्षमा हुने गर्दछ | २०६८ सालको कृषि गणनाको नारा “विकासको मूल आधार कृषि, पारौ कृषि गणना साकार भन्ने थियो |
=============================================
[४७] नेपालमा जिल्ला सदरमुकाम र जिल्लाको नाम एकै भएका जिल्ला कतिवटा छन्?
उत्तर: २० वटा
[४८] बानर राजा सुग्रिवका मित को हुन्?
उत्तर: राम
[४९] नेपालको सबैभन्दा होचो स्थलमा रहेको विमानस्थल कुन हो?
उत्तर: विराटनगर विमानस्थल
=============================================
नेपालको सबैभन्दा होचो विमानस्थल विराटनगर विमानस्थल समुन्द्र सतहबाट ७२ मिटर उचाइमा रहेको छ भने सबैभन्दा अग्लो विमानस्थल सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल हो जुन विमानस्थल समुद्र सतहबाट ३७४९ मि उचाइमा अवस्थित छ |
=============================================
[५०] बुद्ध धर्ममा कलेजी रङले के जनाउछ?
उत्तर: अन्तस्करण
[५१] डोल्पा भक्तपुर भन्दा कति गुना ठुलो छ?
उत्तर: ६६ गुणा
[५२] पारिजातको वास्तविक नाम के हो?
उत्तर: विष्णुकुमारी वाइबा
[५३] विश्वमा कति प्रजातिका गिद्दहरु पाइन्छन?
उत्तर: २३ प्रजातिका ( नेपालमा ८ प्रजातिका पाइन्छन)
[५४] सात तले गुफा कुन जिल्लामा पर्छ?
उत्तर: अर्घाखाची/सल्यान
===========================================
#सल्यान: सल्यान लेकपोखरा १ मा रहेको ७ तले गुफाको लम्बाई ५० मिटर, चौडाई २० मिटर र उचाई ३० मिटर रहेको छ | गुफामा ढुंगाको बज्ने मादल, विभिन्न देविदेवताका आकृती रहेको र गाईको थुन जस्तो आकृतिबाट दूध जस्तै सेतो तरल पदार्थ झर्ने गरेको छ | विक्रम संवत २०६५ सालमा लेकपोखरा गाविसको गाउँ परिषद्ले गुफा वाहिर सामान्य गेट निर्माण र चाँदी जस्तै टल्कने भएकाले चाँदनी ७ तले गुफा नामाकरण गरिएको छ |
#अर्घाखाची: अर्घाखाची जिल्लाको खिदिम गाविसमा रहेको सात तले गुफा लाई दुर्वासेस्वर गुफ़ा पनि भनिन्छ |
=============================================
[५५] विवाहमा दुलाहाले दुलहीको र दुलहीले दुलाहाको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने जाति कुन हो?
उत्तर: बाँतर
[५६] पाण्डवहरु कुन वंशका हुन्?
उत्तर: कुरू वंशी
[५७] सुगौली सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए?
उत्तर: गजराज मिश्र
[५८] कर क्षेत्रमा प्रयोग हुने PAN को पुरा रुप के हो?
उत्तर: permanent account number
[५९] Gini coefficient  के संग सम्बन्धित छ?
उत्तर: आय असमानता मापन
[६०] प्रथम मल्ल राजा को हुन्?

उत्तर: अरिदेव मल्ल

No comments:

Post a Comment