1. पाटन नामक गा.वि.स. कुन
जिल्लामा रहेको छ?
:बैतडी [ २०१४ डिसेम्बर २ मा
पाटन नगरपालिका बनेको छ | sakar, silanga,
bhumeswar, gujar, basantapur & patan गरि छ वटा गाउँ विकास समिति मिलाएर नगरपालिका घोषणा गरिएको हो ]
2. कुसुमपुरी कुन जिल्लाको
पुरानु नाम हो?
: पर्वत
3. प्रसिद्द चमेरे गुफा कुन
जिल्लामा रहेको छ?
: दाङ/कास्की [ दाङ को हलवार
गाविस वार्ड न. ५ मा रहेको चमेरे गुफा स्थानीय ठाउमा
झाक्री गुफा, सिद्ध गुफा पनि भनिन्छ | त्यस्तै कास्की जिल्ला पोखरा मा रहेको चमेरे गुफा का भित्ता हरुमा
निक्कै संख्यामा चमेरा हरु रहेका छन् ]
4. नेपालको सबैभन्दा पुरानु
वंशवलि कुनलाई मानिन्छ?
: गोपाल वंशवलि [ जयस्थिति मल्लको
पालामा तयार पारिएको ]
5. प्रताप मल्लका बाबु को थिए?
: लक्ष्मीनरसिंह मल्ल [लक्ष्मी नर सिंह मल्ल का पालामा राज्य विकशित हुदै गएको तर भारदार को षड्यन्त्र बुझ्न नसक्दा
आफ्ना ज्वाई भिम मल्ल लाई मृत्यु दण्ड दिएका थिए | पछी कुरो बुझे पछी
राज काज मा मन दिन छाडे र बौलाहा राजा बनेका हुन् | काजि भिम मल्लकी
पत्नीले सति जाने बेलामा नेपाल नेपालमा भलो गर्नेको कहिले पनि भलो नहोस भनेर सराप दिएको कुरा इतिहाशमा छ | लक्ष्मी नर सिंह
मल्ल लाइ कैद गरि प्रताप मल्ल राजा भएका हुन् ]
6. नेपालमा बुच कमिसनको स्थापना कहिले भयो?
: वि.स. २००९ सालमा
7. बाबुले सुरु गरेर छोराले पूरा गरेको प्रसिद्ध उपन्यास
कुन हो?
: कादम्बरी [ संस्कृत भाषामा लेखिएको यो उपन्यास बान
भट्ट ले लेख्न सुरु गरेका थिए | उनको मृत्यु पछी अधुरो भाग पुरा उनको छोर भुषण भट्टले गरेका हुन् | बान भट्ट ले लेखेको भाग लाई पुर्वभाग भनिन्छ भने छोराले लेखेको भाग लाई उत्तर
भाग भनिन्छ ]
8. रोगको राजा भनेर कुन रोगलाई चिनिन्छ?
: रेविज [ संक्रमित पशुको टोकाई बाट सर्ने रेविज
रोग आज भन्दा ४००० बर्ष पहिले नै पहिचान गरिएको मानिन्छ | विश्वमा प्रतिवर्ष करिब ५५ हजार मनिष यो रोग लगेर मर्ने गरेका छन् | @@@@ त्यस्तै राजा हेनरी आठौ लगायत अन्य पादरी समेत लाइ मृत्युको मुखमा पुर्याउने “gout” रोगलाई राजाको रोग भनिन्छ | यो रोग ले खुट्टा तथा हातको जोर्नीमा समस्या देखा पर्दछ | “राजाको रोग” र “रोगको राजा” फरक फरक हुन् | ]
9. नेपालको भुकम्प पिडित लाई उद्धार गर्न आएको कुन देश
को सैनिक जहाज दुर्घटनामा परेको थियो ?
: अमेरिका
10. 'रेड एप्पल' भन्नाले केलाई बुझाउछ?
:टमाटर
11. विश्वको सर्वोच्च उचाइको धानखेती कुन हो ?
: जुम्लिमर्शी [ जुम्ला जिल्लाको पतरासी ग.वि.स. को घुम्चौर जिउलोमा गरिने धानखेती , उचाई : २८५० मिटर ]
12. नेपालमा Coffee खेतीको लागी नेपालको प्रसिद्ध जिल्ला कुन हो ?
: गुल्मी
13. कंचनजंघा हिमालको उचाई कति रहेको छ?
: ८५८६ मिटर [
विश्वको तेस्रो
अग्लो हिमाल]
14. बझांग जिल्लाको सदरमुकाम कुन हो ?
: चैनपुर
15. गंगास्वरुपा को नामले प्रख्यात नदि कुन
हो?
: कालीगण्डकी [ काली गण्डकी नदि शालिग्रामको लागि प्रख्यात छ ]
16. फूटबल विश्वकप मा प्रदान
गरिने ट्रफी कहिले चोरी भएको थियो?
: सन् १९६६ मा [ चिलिको सान्टियागो बाट ब्राजिल लैजादा
]
17. विज्ञानका पिता कसलाई
भनिन्छ?
: अल्बर्ट आइन्स्टाइन [ लुइ पास्चरलाई
माइक्रोबायोलोजी को पिता मानिन्छ ]
18. भुकम्पको म्याग्निच्युड नाप्ने स्केललाई रिक्टर स्केल
(Richter Scale) भनिन्छ भने भुकम्पको इन्टन्सिटी नाप्ने स्केललाई के
भनिन्छ?
: Mercalli scale [Invented by Giuseppe Mercalli in 1902]
19. नेपाली साहित्यमा जी शाह भनेर कसलाई चिनिन्छ?
: ज्ञानेन्द्र शाह
20. नेपाल सरकारले प्रदान गर्ने पदक कतिवटा छन्?
: १४ वाट [ लोकश्री पदक, राष्ट्र सेवा पदक, सत्कार्य पदक, समाज सेवा पदक, शिक्षा ज्योति पदक, सगरमाथा पदक, सुकृति पदक, वीरता पदक, सौर्य पदक, प्राकृतिक प्रकोप पिडित पदक, विकास रत्न पदक, शान्ति पदक, विज्ञान प्रविन पदक, संविधान निर्वाचन पदक ]
No comments:
Post a Comment