Monday, 9 November 2015

प्रश्न : शेयर भनेको के हो? परिचय दिनुहोस |

प्रश्न : शेयर भनेको के हो? परिचय दिनुहोस |
कुनै पनि व्यवशायिक संगठन/सस्थाले आवस्यक परेको वित्त संकल्प गर्ने विभिन्न स्रोतहरु मध्ये शेयर पनि एक प्रकारको वित्तीय सम्पत्ति हो | कुनै पनि संगठनका सम्पतिहरुमा लगानी गर्नको लागि अर्थ पुंजी ऋण पुंजी गरि दुइ प्रकारको वित्तीय स्रोतहरु उपलब्ध हुन्छन | शेयर भन्नाले सस्थालाई चाहिएको पुंजी विभिन्न व्यक्ति/सस्थाबाट संकलन गर्नु हो | अर्थात् सर्वसाधारण व्यक्ति वा सस्था दुवै हुन सक्छ |
कम्पनीको कुल पुँजीलाई समान मुल्यमा स-साना अंशमा विभाजन गरिएको एउटा अंश वा टुक्रालाई शेयर भनिन्छ | समाजमा छरिएर रहेका स-साना अनुत्पादक बचत संकलन गरि पुंजी निर्माण गर्ने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई समेत कम्पनीको अंशियार बनाउने उदेस्यले शेयरलाई समान मूल्य भएको स-सानु अंशमा विभाजन गरिन्छ |
कम्पनीबाट शेयरधनीको नाममा प्रमाणपत्र प्रवाहित गरिन्छ | यसलाई नै शेयर प्रमाणपत्र भनिन्छ | यस्तो प्रमाणपत्रमा शेयरधनीको नाम, शेयरको संख्या तथा मूल्य आदि अंकित गरिएको हुन्छ | व्यक्तिले खरिद गर्ने शेयर संख्या उसको लगानी गर्ने क्षमता र इच्छामा भर पर्दछ |

शेयर पुंजी:

सामान्य अर्थमा शेयरबाट जम्मा हुने पुजीलाई शेयर पुजी भनिन्छ | अर्थात् संगठनका सस्थापक तथा लगानीकर्ताहरुले लगानी गरेको आफ्नो सम्पति रकमलाई शेयर पुजी भनिन्छ |

No comments:

Post a Comment