Friday, 8 January 2016

समसामयिक वस्तुगत प्रश्न भाग - २१

[२२१] ब्राजिल कसले पत्ता लगाएका हुन्?
उत्तर: पेट्रो अल्वारेज क्याब्रल
[२२२] पश्चिम द्विप कसले पत्ता लगाएका हुन्?
उत्तर: कोलम्बस
सन् १४५१ अक्टोबर ३१ मा Republic of Genoa मा जन्मिएका Christopher Columbus को मृत्यु सन् १५०६ मे २० मा भएको थियो | नयाँ ठाउको खोजका लागि प्रख्यात उनलाई Admiral of the Ocean sea, Viceroy and Governor of the Indies भनेर पनि चिनिन्छ |
[२२३] पर्यटकीय स्थल “ग्रीन भ्याली” नेपालको कुन जिल्लामा रहेको छ?
उत्तर: सोलुखुम्बु
सोलुखुम्बु जिल्लाको खुम्जु गा.वि.स का सम्पूर्ण घरहरुको छाना को रङ प्राकृतिक हरियो भएकोले यो गाउ/उपत्यका लाई ग्रीन भ्याली भनिन्थ्यो | तर वि.स. २०७२ मा आएको शक्तिशाली भूकम्पले घरहरु क्षतिग्रस्त भएपछी गाउले आफ्नु उक्त परिचय गुमाउन लागेको छ | एक पृथक पहिचानको लागि पुन निर्माण गर्दा ध्यान दिनु पर्ने देखिन्छ | श्रोत: सेतोपाटि.कम
[२२४] दक्षिण एसियामै सबैभन्दा पहिले Tropple Mushroom को खेति गरिएको जिल्ला कुन हो?
उत्तर: रोल्पा
[२२५] तमु लोसार कुन जातिले मनाउछन्?
उत्तर: गुरुङ
तमु ल्होसार पुष महिनाको १५ गते पर्दछ | ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ वर्षा सुरु भएको शंकेत गर्दछ | प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ |
[२२६] “Equinox” भनेको के हो?
उत्तर: दिन र रात बराबर हुने दिन
It’s an astronomical event in which the imaginary plane of earth’s equator passes the centre of the sun, making night and day of approximately equal length all over the planet. The equinoxes are the only times when the solar terminator is perpendicular to the equator.  श्रोत: विकिपेडिया
[२२७] धौलागिरि अंचलका ३ जिल्ला बाग्लुंग, पर्वत र म्याग्दी मा रहेका ३ गाविस जसको नाम एउटै त्यो कुन हो?
उत्तर: देवीस्थान
[२२८] महादेश हरुले पृथ्वीको कुल भू-भागको कति % ओगटेको छ?
उत्तर: २९.२%
[२२९] नेपालमा जेल नभएका जिल्ला कतिवटा छन्?
उत्तर: ३ वटा (धनुषा, बारा र भक्तपुर) नोट: केहि पुस्तकमा सुनसरी पनि जेल नभएको जिल्ला लेखिएको पाइएको छ जुन गलत हो |
[२३०] ५२ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?
उत्तर: रुकुम
[२३१] नेपालको साइकल सिटी भनेर कुन सहरलाई चिनिन्छ?
उत्तर: धरान
[२३२] ह्यातुंग झरनाको उचाई कति रहेको छ?
उत्तर: ३६५ मिटर
नेपालको सबैभनदा अग्लो झरना ह्यातुंग झरना हो | कुल चौडाई २०० मिटर रहेको यो झरना तेह्रथुम जिल्ला तमोर नदि अन्तर्गत पर्दछ |
[२३३] तिन तिर बाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो?
उत्तर: ओखलढुंगा
उत्तरमा सोलुखुम्बु जिल्ला संग जोडिएको यस जिल्लालाई दक्षिणमा सुनकोसी नदीले उदयपुर जिल्ला र सिन्धुली जिल्ला संग पूर्वमा दुधकोशी नदीले खोटांग जिल्लासंग र पश्चिममा लिखु नदीले रामेछापसंग छुट्याएको छ |
[२३४] राष्ट्रिय ट्रमा सेन्टरको उद्घाटन कहिले गरियो?
उत्तर: वि.स. २०७१ मङ्सिर ९ गते
तत्कालिन नेपालका प्रधानमन्त्री शुसिल कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका
[२३५] सबैभन्दा बढी बिमान स्थल भएको जिल्ला कुन हो?
उत्तर: सोलुखुम्बु (४ वटा)
कांगेल डांडा विमानस्थल(कांगेल डांडा),
तेन्जिंग-हिलारी विमानस्थल(लुक्ला),
फाप्लु विमानस्थल(फाप्लु),
स्यान्गबोचे विमानस्थल(स्यान्गबोचे),
[२३६] सार्क राष्ट्रमा प्रतिव्यक्ति आय सबैभन्दा उच्च रहेको देश कुन हो?
उत्तर: माल्दिभ्स
SAARC Countries By Per Capita Income:
Maldives: 14,383
Sri Lanka: 10,372
Bhutan: 7,641
India: 5,855
Pakistan: 4,736
Bangladesh: 3,373
Nepal: 2,376
Afghanistan: 1,973
[२३७] क्यालकुलेटरमा भएका सबै अंकहरु गुणन गर्ने हो भने जम्मा कति हुन्छ?
उत्तर: सुन्य   (0*1*2…..*9=0)
[२३८] नेपालमा हाल राष्ट्रिय गौरबका आयोजना कति वटा छन्?
उत्तर: २१ वटा
[क] उर्जा मन्त्रालय (माथिल्लो तामाकोसी जल विद्युत आयोजना, बुढी गण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना)
[ख] भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (मध्य पहाडी(पुस्पलाल)लोकमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ तराइ मधेश द्रुतमार्ग, उत्तर दक्षिण लोकमार्ग(कोशी करिडोर, काली गण्डकी करिडोर र कर्णाली करिडोर), पुर्व-पश्चिम विद्युतीय रेलमार्ग)
[ग] शहरी विकास मन्त्रालय (मेलम्ची खानेपानी आयोजना)
[घ] सिंचाई मन्त्रालय (सिक्टा सिंचाई आयोजना, रानीजमरा कुलारिया सिंचाई आयोजना, बबई सिंचाई आयोजना, भेरी-बबई डाइभर्सन आयोजना, )
[ङ] संस्कृति पर्यटन तथा नागरिक उडडययन मन्त्रालय ( दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ-बारा, भैरहवा क्षेत्रीय विमानस्थल-रुपन्देही, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकाश कोष, लुम्बिनी क्षेत्र विकास कोष,
[च] वन तथा भू-संरक्षण मन्त्रालय (राष्ट्रपति चुरे संरक्षण आयोजना)
[२३९] गिद्द प्रजनन केन्द्र नेपालको कुन ठाउमा रहेको छ?
उत्तर: चितवनको कसरा
[२४०] हाल WTO मा कति सदस्य राष्ट्र रहेका छन्?
उत्तर: १६२
सदस्यता पाउने अन्तिम ५ देशहरु:
Kazakhstan 30 November 2015,
Seychelles 26 April 2015,
Yemen 26 June 2014,
Tajikistan 2 march 2013,  
Lao people’s democratic Republic 2 February 2013,
नेपालले सदस्यता पाएको मिति
Nepal 23 April 2004, 

1 comment: