Thursday, 31 December 2015

समसामयिक वस्तुगत प्रश्न भाग - १८

[१६१] आर्थिक वर्ष ७२/७३ को बजेटमामा हरित सहर(Green City) को रुपमा घोषणा गरिएका सहर कुन कुन हुन्?
उत्तर: पोखरा, धरान, ललितपुर
(स्मार्ट सिटी: काठमाडौँ, लुम्बिनी, निजगढ)
[१६२] नेपालमा सतीप्रथाको उन्मुलन कसले गरेका थिए?
उत्तर: चन्द्र शमशेर (वि.स. १९७७ मा)
[१६३] एक बलि प्रथा कार्यक्रममा बाख्रा र कुखुरा बलि दिइएको रहेछ | यदि बाख्रा र कुखुराको जम्मा टाउको ४० वटा र खुट्टा ११० वटा भए कति-कति बाख्रा र कुखुराको बलि दिइएको रहेछ?
  उत्तर: बाख्रा १५ वटा, कुखुरा २५ वटा
Let chicken be "X" and goat be "Y" ..... 2X+4Y= 110 (total legs), X+Y=40 (total heads) solving we get, X=25, Y=15
[१६४] “सफलताको रहस्य यहि हो, जतिखेर तिमीलाई सफलता पाउने त्यस्तै तिब्र इच्छा हुन्छ | जस्तो कि पानि भित्र टाउको रहदा हावाको आवस्यकता हुन्छ | तबमात्र तिमीले सफलता पाउन सक्छौ |” यो कसको भनाइ हो? (गो.प्. बाट)
उत्तर: सुकरात
जन्म : ४७० BC
जन्मस्थान : ग्रिसको एथेन्स
मृत्यु : ३९९ BC
[१६५] लेखापालनका पिता कसलाई मानिन्छ?
उत्तर: Luca Bartolomeo de Pacioli
दोहोरो लेखा प्रणालीका प्रणेता Luca Bartolomeo de Pacioli  इटालीमा जन्मिएका थिए | उनि महान चित्रकार, आविष्कारक तथा गणितिज्ञ लिओनार्दोदा भिन्ची का मित्र मानिन्छन |
[१६६] लोकसेवा आयोगको स्थापना कहिले भएको हो?
उत्तर: वि.स. २००८ असार १ गते
[१६७] विश्वको सबैभन्दा ठुलो चिहान कुन हो?
उत्तर: लेनिनग्राद (रुस)
[१६८] नेपालको राजनीतिका सकुनी भनेर ऋषिकेश शाहलाई चिनिन्छ भने नेपालको राजनीतिका चाणक्य भनेर कसलाई चिनिन्छ?
उत्तर: सुर्यप्रसाद उपाध्याय
[१६९] “भाले बास्ने ताल” कुन जिल्लामा पर्छ?
उत्तर: म्याग्दीको दरवाङ-३ दुखु
[१७०] मानीसको शरीरमा कतिवटा हाडहरु हुन्छन?
उत्तर: २०६ वटा
बाल्य अवस्थामा भएका २६०-२७० वटा हड्डीहरु विस्तारै एकआपसमा विलय हुन थाल्छन र पूर्ण विकशित हुँदा सम्ममा जम्मा २०६ वटा हुन्छन |
[१७१] युरोपका कुन-कुन राष्ट्रलाई “Garden of world” भनिन्छ?
उत्तर: फ्रान्स, इटाली, स्पेन, ग्रिस
[१७२] नेपालको प्रथम निजामति सहिद को हुन्?
उत्तर: नवराज विष्ट
[१७३] विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो?
उत्तर: ब्राजिल
विश्वमा हुने जम्मा कफी उत्पादनको एक तिहाइ भाग ब्राजिलमा उत्पादन हुने गर्दछ | विगत १५० वर्ष देखि कफी उत्पादनमा ब्राजिल विश्वको पहिलो नम्बरमा रहदै आएको छ |
[१७४] “Land of Golden Fibre”  भनेर कुन देशलाई चिनिन्छ?
उत्तर: बंगलादेश
जुट उत्पादनमा सफल राष्ट्र बंगलादेश चिनारी नै जुटको माध्यमबाट भएको छ |
[१७५] नेपालको पहिलो पूर्ण साक्षर जिल्ला कुन हो?
उत्तर: ललितपुर
(पहिलो साक्षर जिल्ला: सिन्धुपाल्चोक)
 [१७६] विश्वमा भाग्यमानी देश भनेर कुन देशलाई चिनिन्छ?
उत्तर: अस्ट्रेलिया
( Donald Horne  ले सन् १९६४ मा अस्ट्रेलियाको विकास को कारण आविष्कार र नयाँ सोच नभई त्यहाँ रहेका प्राकृतिक सम्पदाहरु मानेर “The Lucky Country” नामक पुस्तक लेखेका थिए | विश्वमा विकाशको कारण आविस्कार तथा नयाँ सोच मानिन्छ | उनले प्रयोग गरेको “The Lucky Country”  बिस्तारै अस्ट्रेलियाको Nick Name को रुपमा प्रयोग हुन थालेको हो |)
[१७८] सभा पोखरी कुन जिल्लामा पर्छ?
उत्तर: संखुवासभा
[१७९] २३.५ डिग्री उत्तरी अक्षांशलाई के भनिन्छ?
उत्तर: कर्कट रेखा
[१८०] नेपाल बाहेक कति सार्क राष्ट्रमा नेपाली भाषाले संवैधानिक मान्यता पाएको छ?
उत्तर: १ मात्रै (भारत)

No comments:

Post a Comment