[१८१] नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँ बाट भएको हो?
उत्तर: वि.स. १९२० इलाम
तत्कालिन प्रधानमन्त्रि जंगबहादुर
रानाले चीनबाट फर्कदा चिनिया जातको चीयाको बिउ उपहार स्वरूप नेपाल भित्र्याएको
मानिन्छ | सो चियाको बिउ रोप्ने आदेश इलामका तत्कालिन बडाहाकिम तथा जंगबहादुरका
ज्वाई गजराज सिंह थापालाई दिएपछी वि.स. १९२० मा इलाम र त्यसको २ बर्ष पछी झापामा
चिया खेति सुरुवात भएको हो |
[१८२] इतिहासका पिता कसलाई मानिन्छ?
उत्तर: Herodotes
इसा पुर्व ४८४ मा ग्रिसमा जन्मिएका Herodotes ले इतिहाशलाई अनुसन्धानात्मक विषयको रुपमा विकाश गरेका
हुन् |
[१८३] नेपालको पहिलो संगिन चलचित्र कुन हो?
उत्तर: कुमारी
[१८४] हात्ती बाध्ने डोरीलाई के भनिन्छ?
उत्तर: कुटुनि ( हात्ती बाध्ने
किलालाई: खामारी)
[१८५] “जिरो हंगर च्यालेन्ज” अन्तर्गत नेपालले
कहिले सम्म भोकमरी अन्त्य गर्ने घोषणा गरेको छ?
उत्तर: सन् २०२५
सन् २०१२ मा संयुक्त राष्ट्र संघका महासचिव
द्वारा विश्वमा भोकमरी अन्त्य गर्ने उदेश्य साथ् जिरो हंगर च्यालेन्ज सुरु गरेका
हुन् | यसका उदेस्य हरु प्रयाप्त खाद्यान्न, महिला शसक्तिकरण, कृषक परिवारको विकास
तथा खाध्य सुरक्षा रहेका छन् |
[१८६] संसारका कति % मानिस मरुभूमिमा बस्छन?
उत्तर: ६%
[१८७] गौसुकी मुद्रा कसले निकालेका हुन्?
उत्तर: शिवदेव तृतीय
[१८८] युरोप र एसियाको घासे मैदानलाई के
भनिन्छ?
उत्तर: स्टेप्स
मुख्यत: स.र.अमेरिका, मंगोलिया,
साइबेरिया तथा चीन मा रहेका यी मैदान हरु चिसो, सुख्खा तथा कालो माटो भएका छन् |
यी मैदान हरु Australia & Antarctica मा छैनन् |
[१८९] प्रकाश सम्बन्धि अध्ययन गरें विज्ञानलाई
के भनिन्छ?
उत्तर: Optics
[१९०] “Black Widow” भनेको के हो?
उत्तर: विषालु माकुरो
[१९१] शाह वंशीय राजतन्त्रको उत्थान र पतनको
कथा समेटिएको चलचित्र कुन हो?
उत्तर: the last monarch द लास्ट मोनार्क
This non-fiction movie starts with Prithvi Narayan Shah, his quest of
unifying Nepal and draws opinion and narratives from experts, historians and
those who were close to the palace. It moves to analyse the reign of the last
King – Gyanendra Shah who became the King after the most crucial time in
Nepal’s Royal history and provides an insight into the end of a dynasty and the
reasons behind it.
श्रोत: https://www.facebook.com/TheLastMonarch
[१९२] NASA को पुरा रुप के हो?
उत्तर: National
Aeronautics and Spaces Administration
नासा स.रा.अमेरिकाको अन्तरिक्ष संग
सम्बन्धित एजेन्सी हो | आजभन्दा करिब ५७ बर्ष अघि जुलाई २९, १९५८ मा स्थापित यो
सस्थाको वार्षिक बजेट करिब १८.०१ बिलियन रहेको छ |
[१९३] Banded Apollo के संग सम्बन्धित छ?
उत्तर: बुट्टेदार पुतली
मध्य एसियाको उच्च भूभागमा पाइने यो
पुतली Papilionidae,
Family अन्तर्गत पर्दछ | यो पुतलीका Parnassius
stoliczkanus र Parnassius staudingeri hunza जातहरु विशेष प्रख्यात छन् |
[१९४] इन्द्रेणीको सात रङमा कुन रङ बिचमा
हुन्छ?
उत्तर: हरियो
प्रकाशको अवार्तन, परावर्तन तथा
विच्छेदनको कारणले बन्ने इन्द्रेणी प्राकृतिक रुपमा प्राय पानि परिसकेपछी आकाशमा
अर्धवृत्ताकार रुपमा देख्न सकिन्छ | इन्द्रेणीमा देख्न सकिने रङहरु: Red, Orange,
Yellow, Green, Blue, Indigo र Violet हुन् |
[१९५] विश्वको पहिलो “सुन्य कार्वन सहर-Zero Carbon City” घोषित सहर कुन हो?
उत्तर: Abu Dhabi
पूर्ण नविकरनिय उर्जा मात्रै प्रयोग
गर्ने सहरलाई Zero Carbon City भनिन्छ | सौर्य उर्जा, वायु उर्जा र
जैविक उर्जा यस्ता सहरका मुख्य उर्जा शक्ति हुन् | दिगोविकाशको धारणा अनुरुप यस्ता
सहरको विकाश गर्न थालिएको हो | UAE को राजधानी
सहर Abu Dhabi मा निर्मित Masdar City विश्वको पहिलो Zero Carbon City हो भने चीनको Dongtan सहर दोश्रो हो
| मलेसियाको Malacca सहरले पनि आफुलाई Zero Carbon City को रुपमा विकाश गर्ने घोषणा गरिसकेको छ |
[१९६] SARS को पुरा रुप के हो?
उत्तर: Severe Acute
Respiratory Syndrome
यो एकप्रकारको भाइरल रोग हो | सन्
२००२ नोभेम्बर मा सर्वप्रथम चीनको ग्वांगजोंग प्रान्तमा देखा परेको यो रोगले
महामारीको रुप लिएको थियो |
[१९७] “लेखककि स्वास्नी” कृतिका लेखक को हुन्?
उत्तर: प्रगति राई
[१९८] मानव शरीरको तापक्रम नियन्त्रण गर्ने अंग
कुन हो?
उत्तर: कलेजो
तातो रगत भएका मानव जातिको तापक्रम
एकनास रहने गर्दछ | मान्छेको शरीरमा तापक्रम नियन्त्रण गर्न सहयोग गर्ने मुख्य अंग
कलेजो र मांशपेशी हुन् | मांशपेशी जति बढी भयो उति नै बढी तापक्रम शरीरमा उत्पन्न
हुन्छ | मोटो मानीषले बढी गर्मि अनुभव गर्ने तथा शरीरबाट बढी पशिना निस्कने कारण
पनि यहि नै हो |
[१९९] अन्तरिक्षमा प्रवेश गर्ने दोस्रो राष्ट्र
कुन हो?
उत्तर: अमेरिका
क्रमश: ६ देशहरु: रुस, अमेरिका,
फ्रान्स, जापान, चीन र भारत
[२००] टोनी हेगन कुन देशका नागरिक हुन्?
उत्तर: स्विजरल्याण्ड
स्विस नागरिक टोनी हेगन एक
भू-गर्भविद हुन् | उनले संयुक्त राष्ट्रसंघको प्रतिनिधि भएर नेपालको बारेमा रिसर्च
गरेका थिए | उनलाई नेपाल सरकारले सम्मानार्थ नागरिकता समेत प्रदान गरेको थियो |
No comments:
Post a Comment