[१४१] निजामति कर्मचारीलाई बढुवा मुल्यांकन
गर्दा शैक्षिक योग्यता बापत बढीमा कति अंक दिइन्छ?
उत्तर: १२ अंक
[१४२] कालिकोटको पुरानु नाम के हो?
उत्तर: Tibrikot
[१४३] नेपालसंग पछिल्लो पटक दौत्य सम्बन्ध कायम
भएको देश कुन हो?
उत्तर: जमैका ( १४१ औ) [अधिकांश पुस्तकमा जमैकालाई १४० औ लेखिएको
देखेको छु | जुन गलत हो]
नेपाल संग दौत्य सम्बन्ध कायम भएका
पछिल्ला ५ देशहरु:
१३६ औ : Islamic Republic Of
Mauritania : 04 dec-12
१३७ औ : Tuvalu : 11-dec-12
१३८ औ : Independent state
of Samoa : 28-mar-13
१३९ औ : Papua New Guinea :
12-apr-13
१४० औ : Kazakhstan :
30-jun-15
१४१ औ : Jamaica : 01-oct-15
[१४४] माइकल ज्याक्सनको सबैभन्दा बढी बिक्रि
भएको एल्बम कुन हो?
उत्तर: “थ्रिलर”
[१४५] Oeko-Tex Standard 100 के संग सम्बन्धित छ?
उत्तर: वातावरणीय मैत्री textile products को गुणस्तर
[१४६] बैकाल तालको सर्वाधिक गहिराइ कति छ?
उत्तर: अनुसन्धान अनुसार फरक रिपोर्ट
विभिन्न अनुसन्धानकर्ताको रिपोर्टहरु
अनुसार बैकाल तालको सर्वाधिक गहिराइ:
गिनिज बुक अफ वर्ल्ड रेकर्ड: १६३७
मिटर
युनेस्को रेकर्ड : १७०० मिटर
ब्रिटानीका इन्साइक्लोपेडिया : २०००
मिटर (अरु अनुसन्धानमा पानीको सतहदेखि गहिराइ मापन गरिएको थियो भने यो अनुसन्धानमा
पानिभन्दा केहि माथिको भागलाई पनि तालकै भाग मानिएको छ |)
विकिपेडिया : १६४२ मिटर
[१४७] सुर्योदयको देश भनेर कुन देशलाई चिनिन्छ?
उत्तर: जापान
सुर्यास्तको देश : ग्रेट ब्रिटेन
मध्यरातमा सुर्योदय हुने देश : नर्वे
[१४८] कुन राष्ट्रिय विभूतिको मृत्यु
अफगानिस्तानमा भएको थियो?
उत्तर: बलभद्र कुवर
[१४९] सार्क मुलुकको कुन राष्ट्रको मुद्रा
भारतीय रुपियाँ बराबर छ?
उत्तर: भुटान
[१५०] संजिवको बुवा तपाइको बुवाको एकमात्र छोरा
भए संजिवले तपाईलाई के भन्नु पर्छ?
उत्तर: फुपू दिदि वा बुबा
[१५१] डिसेम्बर २५ मा कुन पर्व मनाइन्छ?
उत्तर: क्रिसमस डे
किन पर्व मनाउने?: Noel, Nativity,
Xmas, Yule पनि भनिने क्रिसमस डे जिसस क्राइस्ट
को सुभ-जन्मोत्सवको रुपमा मनाइन्छ |
कसले पर्व मनाउछ?: सम्पूर्ण
क्रिस्चियन धर्मावलम्बी | अहिले अन्य धर्ममा आस्था राख्नेले समेत मनोरन्जनको रुपमा
यो पर्व मनाउछन |
के गरिन्छ?: चर्चमा सेवा गर्ने, गिफ्ट
दिने, पारिवारिक तथा सामाजिक भेटघाट गर्ने, सजावट गर्ने |
कुन दिन मनाउने?: पुर्व तथा पश्चिमका
केहि ठाउमा डिसेम्बर २५ को दिन | पश्चिमी युरोपका केहि चर्चमा जनवरी ७ को दिन |
अर्मानियाका केहि चर्चमा जनवरी ६ को दिन | अर्मानियाकै अन्य केहि ठाउमा जनवरी १९
को दिन |
[१५२] शालिग्रामलाई कुन देवताको प्रतिक
मानिन्छ?
उत्तर: बिष्णु
(जालन्धरकि पतिब्रता पत्नी लाई छल
गरि सहबास गरेपछि उनले बिष्णुलाई क्रोधले चेतना सुन्य जीवन व्यतित गर्न ढुंगा,
घास, झार र रुख हुने श्राप दिएकी हुन् | उनको श्रापले विष्णुले ढुंगाको रुपमा
शालिग्राम, घासको रुपमा कुश, झारको रुपमा तुलशी र रुखको रुपमा पिपल अवतार लिएको
विश्वास गरिन्छ |)
[१५३] शालिग्रामको लागि प्रसिद्धनदि कुन हो?
उत्तर: कालीगण्डकी
[१५४] गौतम बुद्धले सर्वप्रथम उपदेश दिएको ठाउँ
कुन हो?
उत्तर: सारनाथ
[१५५] भगवान कृष्णका दाजु को हुन्?
उत्तर: बलराम
(श्री कृष्ण विष्णुका अवतार हुन् भने
बलराम शेष नागका अवतार हुन् | श्री कृष्ण को युग द्वापर युग हो | त्रेता युगमा
समेत बिष्णु र शेष नाग दाजुभाइको रुपमा जन्म लिएका थिए | त्रेता युगमा राम को
रुपमा जन्म लिएका विष्णु हुन् भने लक्ष्मणको रुपमा शेष नागले जन्म लिएको विश्वास
गरिन्छ |)
[१५६] रडियो नेपालका पहिलो समाचार वाचक को
हुन्?
उत्तर: तारणी प्रसाद कोइराला
[१५७] कर्नाट वंशका प्रथम राजा को हुन्?
उत्तर: न्यायदेव (अन्तिम राजा :
हरिसिंह देव)
[१५८] अरनिकोलाई चीनमा कुन उपाधि प्रदान गरिएको
थियो?
उत्तर: क्वान ल्यु नाइफ नासथु
[१५९] उषाहरण र जैमिनी भरत नामक नाटक कसले
लेखेका थिए?
उत्तर: भूपतिन्द्र मल्ल
[१६०] चण्डी नाच बर्षको २ पटक उभौली र उधौली
पर्वको रुपमा कसले मनाउछन?
उत्तर: राई
No comments:
Post a Comment