Thursday, 31 December 2015

समसामयिक वस्तुगत प्रश्न भाग - २०

[२०१] संसारका कलाहरुमध्ये सबैभन्दा प्राचिन कला कुनलाई मानिन्छ?
उत्तर: चित्रकला
[२०२] नेपाली वनस्पतिका पिता कसलाई मानिन्छ?
उत्तर: दयानन्द बज्राचार्य
सन् १९४५ सेप्टेम्बर २२ मा जन्मिएका दयानन्द बज्राचार्य अदितीय प्रतिभा भएका व्यक्ति मानिन्छन | १० बर्षे को उमेरमा स्कुल जान सुरु गरेका उनले १२ बर्षको उमेरमा एस.एल.सी पास गरेका थिए | २० वर्षको उमेरमा मास्टर सकेर त्रिभुवन विश्वविद्यालय पढाउन सुरु गरेका उनले कम उमेरमा प्राप्त हुने सक्ने हरेक शैक्षिक सफलताको रेकर्ड राखेका छन् | त्रि.वि. का सबै भन्दा कान्छा प्राध्यापक, सबै भन्दा बढी त्रि.वि. पढाउने प्राध्यापक, नास्टमा सबै भन्दा बढी सेवा गर्ने Vice Chancellor, जर्मनजस्तो देशबाट सबैभन्दा पहिले पी.एच.डि गर्ने नेपाली पनि उनि नै हुन् | उनि बनस्पति विज्ञानका ज्ञाता हुन् | उनको वैज्ञानिक जीवनको भोगाई समेटेर तयार भएको पुस्तक “बैज्ञानिक गोरेटो” चर्चित नेपाली पुस्तक हो |
[२०३] रुन्चे ताल कुन जिल्लामा पर्दछ?
उत्तर: गोरखा
[२०४] जिउदो सहिद कसलाई भनिन्छ?
उत्तर: टंक प्रसाद आचार्य ( जिउदो सिंह : अमरसिंह थापा)
वि.स. १९६९ मङ्सिर १७ गते जन्मिएका टंक प्रसाद आचार्य नेपाल प्रजा परिषद्का सस्थापक सदस्य हुन् | ब्राह्मण भएकोले तत्कालिन राना सरकारले फासिको फैसला सुनाएर पनि फासी नदिई देश निकाला तथा सामाजिक बेइज्जत गरेको थियो | २००७ सालको क्रान्तिको आधारभुमि तयार पर्ने ५ युवाहरु टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरी शर्मा र जीवराज शर्मा हुन् | प्रथम पंचवर्षीय योजनाको थालनी, राष्ट्र बैंकको स्थापना, देशभरि नेपाली मुद्राको थालनी, निजामति सेवा नियमावली लागु, भूमिसुधार, परराष्ट्र सम्बन्धको विकास, शिक्षाको विकास, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना जस्ता अविस्मरनिय कार्यले गर्दा उनको प्रधानमन्त्रित्व काललाई अविस्मरनिय मानिन्छ |
[२०५] सबैभन्दा पुरानो अन्न बालि कुन मानिन्छ?
उत्तर: भटमास
[२०६] Repost : नेपालसंग दौत्य सम्बन्ध राख्ने अन्तिम देश कुन हो?
उत्तर: जमैका (१४१ औ) (पूर्ण लिस्टको लागि: https://drive.google.com/file/d/0B5sTSp1G9Uz8QzY4WkJFTFdiWGs/view)
(यो ग्रुपमा सर्वाधिक चर्चित प्रश्न तथा अझै स्पष्ट नभई कन्फ्युजनका उत्तरहरु आएकोले repost गरिएको)
[२०७] नेपालमा गोपालवंशीराजाहरुले कति वर्ष शासन गरेका थिए?
उत्तर: ५२१ वर्ष
[२०८] विश्वको सबैभन्दा लामो प्राणी कुन हो?
उत्तर: Mane jellyfish
[२०९] रुपा ताल कुन जिल्लामा रहेको छ?
उत्तर: कास्की
[२१०] करुवाको लागि प्रसिद्द जिल्ला कुन हो?
उत्तर: पाल्पा
[२११] प्रसिद्द पूर्वीय चिन्तक एवं अर्थशास्त्री कौटिल्यको वास्तविक नाम के हो?
उत्तर: विष्णु गुप्त
इशा पुर्व ३५० मा जन्मिएका विष्णु गुप्त नै कौटिल्य हुन् | उनलाई चाणक्य भनेर पनि चिन्ने गरिन्छ | उनि राजा चन्द्रगुप्त मौर्यका सल्लाहकार मानिन्छन | उनको अर्थशास्त्र र चाणक्य नीति आज पनि प्रसिद्ध र सान्दर्भिक मानिन्छ |
[२१२] नुवाकोट गा.वि.स. कुन जिल्लामा पर्छ?
उत्तर: अर्घाखाची र रुकुम
[२१३] भू-मध्य रेखालाई २ पटक पार गर्ने नदि कुन हो?
उत्तर: कंगो
विश्वको सबैभन्दा गहिरो कंगो नदि लम्बाईमा नवौ स्थानमा पर्दछ | यो नदीलाई Zaire नदि पनि भनिन्छ |
[२१४] कफीको लागि प्रसिद्द जिल्ला कुन हो?
उत्तर: गुल्मी
नेपालमा वि.स. १९९५ सालमा आँपचौर, गुल्मी निवासी श्री हिरा गिरीले वर्माको सिन्धु प्रान्तबाट कफीका बिउ ल्याई कफी खेतीको सुरुवात गरेको मानिन्छ | वि.स. २०२० को दसक तिर नेपाल सरकारले भारतबाट कफीको बिउ ल्याई वितरण गरेपछि कफी खेतीले बिस्तारै गति लिन थालेको बुझिन्छ | आज नेपालका ४१ जिल्लामा कफी पुगिसकेको छ |
[२१५] नेपाललाई सत्ययुगमा के भनिन्थ्यो?
उत्तर: सत्यवती
विभिन्न युगमा नेपालको नामहरु:
त्रेतायुग: तपोवन
द्वापर युग: मुक्तिसोपन
कलि युग: नेपाल
[२१६] वि.स. २०६८ को जनगणना अनुसार सबैभन्दा कम जनसंख्या कुन जातिको छ?
उत्तर: कुसुण्डा (२७३ जना)
[२१७] अग्नि देवताको बहान के हो?
उत्तर: बोको
[२१८] “Laughing Gas” को अणुसुत्र के हो?
उत्तर: N2O
नाइट्रस ग्यास सन् १७७२ मा रसायनशास्त्री Joseph Priestley ले पत्ता लगाएका हुन् | स्वास्थ्य क्षेत्रमा यसको प्रयोग गरिन्छ | पिडा कम गराई बिमारीमा हासो ल्याउन सहयोग गर्ने भएकोले यो ग्यासलाई “लाफिंग ग्यास” पनि भनिन्छ |
[२१९] WTO को १४७ औ सदस्य राष्ट्र कुन हो?
उत्तर: नेपाल
[२२०] अटाकामा मरुभूमि कुन देशमा पर्छ?
उत्तर: चीली

No comments:

Post a Comment