Thursday, 31 December 2015

समसामयिक वस्तुगत प्रश्न भाग - १६

[१२१] युरोपको सबैभन्दा अग्लो हिमाल कुन हो?
उत्तर: माउन्ट एल्ब्रस ( ५,६४२ मिटर अग्लो रसिया मा रहेको)
( विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा नै एसियाको सबैभन्दा अग्लो हिमाल हो | अन्तराष्ट्रिय रुपमा यसको उचाई ८,८५० मिटर मानिन्छ भने नेपालमा यसको उचाई ८,८४८ मिटर मानिन्छ |)
( अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट किलिमन्जारो हो | तान्जानियामा रहेको यो हिमाल ५,८९५ मिटर अग्लो छ | )
( Mount McKinley उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल हो | Denali पनि भनिने ६,१६८ मिटर अग्लो यो हिमाल संयुक्त राज्य अमेरिकाको अलास्का राज्यमा रहेको छ |)
( ६,९६० मिटर अग्लो Mount Aconcagua हिमाल दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल हो | यो अर्जेन्टिनामा रहेको छ |)
( २,२२८ मिटर अग्लो Mount Kosciuszko अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल हो | यो न्यु साउथ वेल्स मा रहेको छ |)
( ४,८९७ मिटर अग्लो Vinson Massif, Antarctica को सबैभन्दा अग्लो हिमाल हो |)
[१२२] प्रेमको प्रतिक कुन चरालाई मानिन्छ?
उत्तर: ढुकुर
[१२३] घरको भित्ता फोडेर लास बाहिर निकाल्ने जाति कुन हो?
उत्तर: लेप्चा
[१२४] विद्युतका पिता को हुन्?
उत्तर: माइकल फारेडे
[१२५] नेपाल देखि बंगलादेशसम्मको सबैभन्दा नजिक दुरी कति छ?
उत्तर: २७ किलोमिटर
[१२६] समुहमा नमिल्ने कुन हो?
कोदो, तोरी, रायो, सर्स्यु
उत्तर: कोदो ( कारण: अरु सबै तेलहन बालि)
[१२७] सूर्यलाई सिधा हेर्न सक्ने चरा कुन हो?
उत्तर: चिल
( चीलको दृश्यशक्ति मनीषको भन्दा ३.६ देखि ५ गुणा बढी हुन्छ | ठुलो आखाको नानीको कारण थोरै प्रकाश आवर्तन कम गर्नमा सहयोगी हुन्छ | चीलको आखालाई शक्ति, स्वतन्त्रता र विशिस्टताको प्रतिक मानिन्छ |)
[१२८] २०१५ को एभरेष्ट म्याराथूनका विजेता को हुन्?
उत्तर: भिम गुरुङ
[१२९] नेपालको सबैभन्दा उत्तरी विन्दु कुन हो?
उत्तर: हुम्लाको चाङला
( नेपालको दक्षिण विन्दु झापाको लोदावारी, पूर्वको ताप्लेजुंग र पश्चिमी विन्दु कन्चनपुरको दोधारा हो |)
[१३०] “खोल्साको सुन” भनेर कुन नगदेबालिलाई चिनिन्छ?
उत्तर: अलैची
[१३१] सुर्यको सतहमा भएको चम्किलो घेरालाई के भनिन्छ?
उत्तर: Penumbra
[[१३२] लठ्ठी नाच कुन जातिमा प्रचलित छ?
उत्तर: थारु
केहि प्रचलित जातीय नाचहरु:
पुटपुटे नाच: गुरुङ
चण्डी नाच: राई
धान नाच, च्याब्रुङ नाच: लिम्बु
जटजटिन नाच, कटेहर नाच, तरवार नाच, बाह्रमासे नाच, झुमरा नाच, लठ्ठी नाच, : थारु
सेलो नाच: तामांग
कर्माधर्म नाच: झागड
झिझिया नाच: मैथिली समुदाय
कौरा नाच: मगर
पाङदुरे नाच: मगर
मारुनी नाच: मगर
लाखे नाच, तयमचा नाच, धिन्तामे नाच(ज्यापु), बसन्त नाच: नेवार
गहेडि नाच: माझि
कहरवा नाच: कहार
स्याब्रु नाच: तामांग, शेर्पा, भोटे, लोवा
रोदी, सोरठी, झाम्रे र टप्पा नाच: गुरुङ, मगर
[१३३] “पहाडकी रानी” भनेर कुन ठाउलाई चिनिन्छ?
उत्तर: दार्जेलिंग
[१३४] रेडियो नेपालले कति भाषामा समाचार प्रशारण गर्दछ?
उत्तर: १९ भाषामा / +२ भाषा थपिएका छन्
समाचार प्रशारण हुने भाषाहरु:
Nepali, English, Magar, Gurung, Tamang, Rai Bantawa, Limbu, Newari, Bhojpuri, Hindi, Urdu, Tharu East and Tharu West, Avadhi, Sherpa, Maithili, Sanskrit, Kham Magar and Doteli    (श्रोत:http://radionepal.gov.np/radio-nepal/history/)
[१३५] हाल नेपाल राष्ट्र बैंकका गभर्नर क हुन्?
उत्तर: डा. चिरन्जीवी नेपाल
[१३६] “कावेली ए” जलविद्युत आयोजना कहाँ पर्छ?
उत्तर: पाँचथर
[१३७] गिनिज बुक रेकर्ड अनुसार विश्वको सबैभन्दा छोटो नदि कुन हो?
उत्तर: “डि” नदि  (३७ मिटर, सं.रा.अमेरिकाको Devils Lake बाट निस्किएको नदि))
[१३८] नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर को हुन्?
उत्तर: हिमालय शमशेर ज.ब.रा.
[१३९] रिक्साको प्रचलन कुन देशबाट भएको हो?
उत्तर: जापान (सन् १८६९)
[१४०] हेपाटाईटिस बि मानिसको कुन अंगमा लाग्ने रोग हो?
उत्तर: कलेजो 

No comments:

Post a Comment