Monday, 21 December 2015

समसामयिक वस्तुगत प्रश्न भाग - १५

[१०१] आधुनिक ओलम्पिकका पिता कसलाई मानिन्छ?
उत्तर: Pierre de Coubertin
( १ जनवरी, १८६३ मा जन्मिएका Pierre de Coubertin फ्रासेली नागरिक हुन् | उनि अन्तराष्ट्रिय ओलम्पिक कमिटिका दोश्रो President हुन् | )
[१०२] कुन जनावरले जिब्रोबाट पसिना निकाल्छ?
उत्तर: कुकुर
[१०३] मदन पुरस्कार कति विधामा दिइन्छ?
उत्तर: १ विधा ( साहित्य)
[१०४] पहिलो वाईफाई जिल्ला कुन जिल्लालाई घोषणा गरियो?
उत्तर: म्याग्दी
( म्याग्दीलाई सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा पुर्याउन सक्रिय भूमिका खेलेका महाबिर पुनको सक्रियतामा म्याग्दी जिल्ला भरि निसुल्क वाईफाई सेवा प्रदान गर्ने योजना अगाडी सारिएको हो | )
[१०५] सन् २०१५ कि विश्व सुन्दरी को हुन्?
उत्तर: Mireia Lalaguna Royo
( नोभेम्बर २८, १९९२ मा स्पेन को बार्सिलोनामा जन्मिएकी Mireia Lalaguna Royo स्पेन बाट विश्व सुन्दरीको ताज जित्ने पहिलो सुन्दरी हुन् |)
[१०६] पाकिस्तानको राष्ट्रिय खेल कुन हो?
उत्तर: हकी
[१०७] महाकाली नाच कुन जाति संग सम्बन्धित छ?
उत्तर: ज्यापु
[१०८] “नेपालको जिउदो सिंह” भनेर कसलाई चिनिन्छ?
उत्तर: अमरसिंह थापा
[१०९] हाल कम्प्युटरको कति औ पुस्ता चलिरहेको छ?
उत्तर: चौथो/पाचौ
(First generation: 1940 – 1956: vacuum tubes)
(Second generation: 1956 – 1963: Transistors)
(Third generation: 1964 – 1971: Integrated Circuits)
(Fourth generation: 1971 – Present: Microprocessors)
(Fifth generation: Present and beyond: Artificial Intelligence)
[११०] संविधान सभाबाट संविधान निर्माण गर्ने नेपाल विश्वको कति औ राष्ट्रमा पर्छ?
उत्तर: ४४ औ
[१११] सार्क स्थापना पुर्व यसको स्थापनाको लागि कतिवटा बैठक बसेको थियो?
उत्तर: ३ वटा
(Asian relations conference: April 1947: new Delhi)
(Baguio Conference: May 1950: Philippines)
(Colombo Powers: April 1954: Sri lanka)
[११२] कति उमेरको बच्चालाई नवजात शिशु भनिन्छ?
उत्तर: १ महिना / २८ दिन
[११३] नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो?
उत्तर: जानकी मन्दिर
(जानकी मन्दिरलाई नौलाखा मन्दिर पनि भनिन्छ | मन्दिर निर्माण गर्दा लागेको रकम ९ लाख रुपैया को नाम नै मन्दिरको नाम रहन गएको हो | २०१५ अप्रिल २६ मा आएको भूकम्पले प्राचिन जानकी मन्दिर भत्किए पछी सन्यासी सुरकिसोर दास ले आधुनिक मन्दिरको जिर्णोद्धार गरेको मानिन्छ | सन् १९१० मा दक्षिण भारतीय महारानी वृष भानुले मन्दिर निर्माण गरेकी हुन् | )
[११४] मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो?
उत्तर: किरांत
[११५] “फुलको आतंक” कृतिका लेखक को हुन्?
उत्तर: ध्रुवचन्द्र गौतम
[११६] एसियाको निलो मुटु भनेर चिनिने विश्वको सबैभन्दा गहिरो ताल कुन देशमा पर्छ?
उत्तर: रसिया
[११७] गिरि दह कुन जिल्लामा पर्छ?
उत्तर: जुम्ला
[११८] प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च को गहिराइ कति छ?
उत्तर: विभिन्न रिसर्च अनुसार फरक
( विकिपेडिया : १०,९९४±४० मिटर)
(ब्रिटानिका : १०९२४ मिटर जापानको खोजी सन् १९८४ मा /१०,९९४ मिटर अमेरिकी खोज सन् २०११ मा)
(नेसनल जोग्राफी : ११,०३४ मिटर)
(अक्सफोर्ड : ११,००० मिटर )
नेसनल जोग्राफीका अनुसार पुरै सगरमाथा मरियाना ट्रेन्चमा लगेर राख्ने हो भने पनि चुचुरो २,१३३ मिटर पानि भित्र हुन्छ | नोट: विदेश तिर नेपालको उचाई ८,८४८ मिटर नमानेर ८,८५० मिटर मानिन्छ |)
[११९] GPS को पुरा रुप के हो?
उत्तर: Global Positioning System
[१२०] धनकुटे राजा भनेर कसलाई भनिन्छ?

उत्तर: देव समशेर

No comments:

Post a Comment